फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-१८
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट अभद्र व्यवहार मुद्दाको फरार
प्रतिवादी बारा जितपुरसिमरा उप-महानगरपालिका-०७
जितपुर चोक बस्ने सुकदेव प्रसाद साहको छोरा अन्दाजि बर्ष ३५ को रामजी कुमार
साह, बैकिङ्ग कसुर मुद्दाको फरार प्रतिवादी बारा जितपुरसिमरा उप-महानगरपालिका-०२
बस्ने भोला मुखियाको छोरा अन्दाजि बर्ष ५१ को बिहारी मुखिया र लागूऔषध मुद्दाको फरार प्रतिवादी सिमरा उप-महानगरपालिका-८ गम्हरगावा बस्ने
लक्षमण राउत कुर्मिको छोरा बर्ष अन्दाजि बर्ष ५० को अमित राउत कुर्मी समेतलाई बुधबार प्रहरीले
पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, लालबन्दी नगरपालिका-०२ स्थितबाट फरार सोही स्थानमा बस्ने प्रितम
पासवानको छोरा अन्दाजि बर्ष ५० को ईन्दल पासवानलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
नवलपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा कर्तब्य ज्यान मुद्दामा
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
३. धनुषा
जिल्लाका बिभिन्न स्थानबाट किर्ते सम्बन्धि मुद्दाको फरार
प्रतिवादी धनुषा सबैला नगरपालिका-१० बस्ने राजिन्द्र यादवको छोरा वर्ष अन्दाजि ४५
को श्याम कुमार यादव, ठगी मुद्दाको फरार प्रतिवादी जनकपुर उप-महानगरपालिका-१२
बस्ने सत्य नारायण राउतको छोरा अन्दाजि बर्ष ३१ को रोशन राउत र आत्मा
हत्या दुरुत्साहन मुद्दाको फरार प्रतिवादी धनुषा बटेश्वर गाउँपालिका-०२
बस्ने बैजनाथ ठाकुरको छोरा वर्ष अन्दाजि ३५ को सन्तोष ठाकुर समेतलाई बुधबार प्रहरीले
पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
सप्तरी, शम्भुनाथ नगरपालिका-०७ देबधार स्थितबाट फरार सोही स्थानमा बस्ने बर्ष
अन्दाजि ४२ को लुद्रा भन्ने ओम प्रकाश बिश्वकर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कठौना सप्तरीबाट
खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी अंगभंग मुद्दामा
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।