लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-१७
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका-१६ रजतजयन्ती चौकबाट लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ ३१० मिलिग्राम सहित
२ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उप-महानगरपालिका-०२ बस्ने उमेश
यादवको छोरा अन्दाजि बर्ष १९ को दिपक यादव र बारा कलैया उप-महानगरपालिका-०४ बस्ने
हिरालाल ठाकुरको छोरा अन्दाजि बर्ष १९ को दिपक ठाकुर रहेका छन् । प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, मिर्चैया नगरपालिका-०६ कटारी चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका-०५ बस्ने केशबलाल साहको छोरा बर्ष २० को रमेश कुमार साह, मिर्चैया नगरपालिका-०३ बस्ने बिनोद कुमार ठाकुरको छोरा बर्ष २३ को अजय ठाकुर र सर्लाही हरीपुर्बा नगरपालिका-०६ हरीपुर्बा बस्ने नथुनी राय यादवको छोरा बर्ष २४ को राज कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।