फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-१९
- A
- A-
- A+
१.
महोत्तरी, सोनमा गाउँपालिका-०३ स्थितबाट फरार सोही स्थानमा बस्ने रेन्द्र
कुमार यादवको छोरा अन्दाजि वर्ष २१ को सुमित कुमार यादबलाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
खैरबनी महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी मुद्धामा
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२.
धनुषा, सबैला नगरपालिका-०३ बबैला बजार स्थितबाट फरार सबैला नगरपालिका-११ बस्ने जानकी यादवको छोरा अन्दाजि बवर्ष २१ को राहुल कुमार
यादवलाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जबरजस्ती
करणी सम्बन्धी मुद्धामा फरार रहेका निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
३.
सप्तरी, राजबिराज नगरपालिका-०७ स्थितबाट फरार तिलाठी कोईलाडी गाउँपालिका-०७
बस्ने अन्दाजि बर्ष ४५ की ममता सिंहलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय
राजबिराज सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन मुद्धामा
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।