प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक नियन्त्रण सम्बन्धी

२०८३-०५-२०

  • A
  • A-
  • A+
Share


१.      रौतहट, गुजरा नगरपालिका-०३ पश्चिम नहर सडकखण्डको खेत छेउबाट बेवारिसे भरुवा बन्दुक शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हरिनगर रौतहटबाट खटिएको प्रहरी टोलिले उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२२

१.      रौतहट, चन्द्रपुर नगरपालिका-०४ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५.७७ ग्राम सहित १ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने ढाल बहादुर तामाङको छोरा अन्दाजि वर्ष २७ को प्रशान्त तामाङ रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सन्तपुर रौतहटबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, नरहा गाउँपालिका-०५ स्थितबाट लागूऔषध ONEREX-१७ पिस र स ९ प १३७३ नम्बरको मोटरसाईकल सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका-०७ फुलबरिया टोल बस्ने अन्दाजि वर्ष ५५ को शम्भु साह र सोही स्थानमा बस्ने अन्दाजि वर्ष ६५ को रनेश प्रसाद घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय नरहा सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-२२

१.      सिरहा, बरियारपट्टी गाउँपालिका-०१ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने भागवत यादवको छोरा अन्दाजि बर्ष ३२ को बिशो भन्ने विष्णुदेव यादवलाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा चोरी मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी, खडक नगरपालिका-०४ पन्सेरा स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने हरिनारायण साहको छोरा अन्दाजि बर्ष ३७ को संजय कुमार साह आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा कुटपिट मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२१

१.      पर्सा, पर्सागढी नगरपालिका-०३ स्थितबाट लागूऔषध गाँजा ४० किलोग्राम सहित १ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष ६० को गोरे लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८४० मिलिग्राम र मधेश प्रदेश ०३-०३७ प ६०३९ नम्बरको मोटरसाईकल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका-०३ बजनी टोल बस्ने बस्ने शिव शंकर प्रसाद यादव र सोही स्थानमा बस्ने देबराज साह कानुको छोरा बर्ष अन्दाजि २१ को बिशाल गुप्ता रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      पर्सा, बिरगंज महानगरपालिका-१५ भेडियाही बजरंग चोक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ७७० मिलिग्राम र प्र.०२-०३-००१ प ५६७० नम्बरको मोटरसाईकल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-१५ बस्ने सुरेश पटेलको छोरा बर्ष २३ को बिजय कुमार पटेल र सोही स्थानमा बस्ने संजय साह सुनारको छोरा बर्ष अन्दाजि १७ बिबेक कुमार साह रहेका छन् । प्रहरी चौकी भिस्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      बारा, पचरौता नगरपालिका-०७ बेनौली चौकदेखी पुर्व धानखेतको आलीबाटो स्थितबाट वेवारिसे लागूऔषध गाँजा १५१ किलोग्राम शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी श्रीनगर बैरीया र सशस्त्र प्रहरी BOP बेनौली बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-२०

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट कुटपिट अंगभंग मुद्बाको फरार प्रतिवादी बारा आदर्श कोतवाल गाउँपालिका-०३ भटिनिया बस्ने वर्ष ५० को महानन्द यादव र निजको छोरा वर्ष २० को क्रान्ती यादव, अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी जिल्ला बारा कलैया उप-महानगरपालिका-१९ रघुनाथपुर बस्ने जयप्रकाश पाण्डेको छोरा अन्दाजि बर्ष २५ को अभिनन्दन पाण्डे र ज्यान मार्ने उधोग मुद्दाको फरार प्रतिवादी बारा महागढिमाई नगरपालिका-०८ धर्मपुर टोल बस्ने स्व. खेलायन राउतको छोरा अन्दाजि वर्ष ६५ को दुर्गा राउत अहिर र निजको छोरा अन्दाजि बर्ष ३० को जियालाल राउत अहिर समेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२०

१.      पर्सा, पकहामैनपुर गाउँपालिका-०१ धोरे स्थितबाट लागूऔषध गाँजा ११४.२५० किलोग्राम र बा १८च ३६५७ नम्बरको कार सहित १ जनालाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धादिङ बेनिघाट रोराङग गाउँपालिका-०८ बस्ने ईन्डलाल चेपाङको छोरा अन्दाजि बर्ष २१ को साजन चेपाङ रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी धोरे पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र कार सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, लहान नगरपालिका-०७ पुरानो नगरपालिका स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित १ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-१७ गोबिन्दपुर बस्ने सेवकलाल चौधरीको छोरा अन्दाजि वर्ष १९ को प्रविण चौधरी रहेका छन् । प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-१९

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ नगवा पोखरी स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २.६३० ग्राम सहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला चितवन भतरपुर महानगरपालिका-१७ बस्ने लाल सिंह तामाङको तेस्रो लिङ्गी (छोरा छोरी नछुटिएको) अन्दाजि बर्ष २५ को युनिस तामाङ र पर्सा बिरगंज महानगरपालिका-०२ बस्ने प्रभु हजराको छोरा अन्दाजि बर्ष २१ को बिकि हजरा रहेका छन् । इलाका प्रहरी कार्यालय नगवा र वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      रौतहट, चन्द्रपुर नगरपालिका-०१ मंगलपुर स्थितबाट लागूऔषध एन्टीकफ ट्याब्लेट-२१ पिस, मेफ्रटाल स्पास ट्याब्लेट-२० पिस, Laborate ट्याब्लेट-२० पिस र खुल्ला रहेको-२० पिस सहित २ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने मोनी सहनीको छोरा अन्दाजि बर्ष २६ को राकेश सहनी र कन्चन सहनीको छोरा अन्दाजि बर्ष २४ को अरुण सहनी रहेका छन् । प्रहरी चौकी पोराई रौतहटबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, लालबन्दी नगरपालिका-०८ गुम्बाटोल स्थितबाट लागूऔषध गाँजा ७८५ ग्राम, Spasmo-१६ पिस र Nitrazepam- ४१० पिस सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने डम्बर बहादुर गोलेको श्रीमती अन्दाजि बर्ष ५६ कि दिल कुमारी गोले रहेकी छिन् । इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।