लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२४
- A
- A-
- A+
१. बारा,
बिश्रामपुर गाउँपालिका-०४ बालिरामपुर बास घाटि
स्थितबाट लागूऔषध गाँजा
५ किलोग्राम सहित
BR05AJ0373
नम्बरको मोटरसाईकल मंगलबार
साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मुसहर्वा बारा र सशस्त्र
प्रहरी बल नेपाल बि.ओ.पि.बरैनिया बाराबाट खटिएको संयुक्त
प्रहरी टोलिले उक्त लागूऔषध सहित मोटरसाईकल फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही,
मलंगवा नगरपालिका-०४ शिवसागर चौक स्थितबाट लागूऔषध NITRAZEPAM-२८० पिस सहित
३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-०६ बस्ने शम्भु राय
यादवको छोरा अन्दाजि बर्ष १७ को रन्जित राय यादव, सर्लाही मलंगवा नगरपालिका-०४
बस्ने अशोक यादवको छोरा अन्दाजि बर्ष १६ को अनिश यादव र सोही स्थानमा बस्ने
रामभरोश राय यादवको छोरा अन्दाजि बर्ष १९ को राहुल यादव रहेका
छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी
टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।