फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-२३
- A
- A-
- A+
१.
बारा, कलैया उप-महानगरलिका-०५ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि
बर्ष २७ को राजिब कुमार सराफलाई मंगलबार बिहान
प्रहरीले पक्राउ
गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा
लागूऔषध मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, बर्दिबास नगरपालिका-१३ बिजुलपुरा स्थितबाट फरार
प्रतिवादी सोही स्थानमा बस्ने रामबिलास महतोको छोरा छोरा बर्ष ३७ को
रबिन्द्र कुमार महतोलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको
छ । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच
गर्दा जबरजस्ती करणी मुद्धामा फरार रहेका निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।