लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२५
- A
- A-
- A+
१. पर्सा,सखुवा
प्रसौनी गाउँपालिका-०३ कटैया स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ
१५.८ ग्राम
सहित
३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अतिउल्लाह अंसारीको छोरा अन्दाजी बर्ष
३४ को समिउल्लाह अंसारी, नाथु अंसारिको छोरा अन्दाजि बर्ष २८ को जाबैद अंसारी र
मसुदिन मियाको छोरा अन्दाजि बर्ष ३१ को समसाद अंसारी
रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
पर्सा, बिरगंज
महानगरपालिका-१६ लिंक रोड स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ
१३०.०३ ग्राम, BR
05BS 041नम्बरको मोटरसाइकल सहित १
जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत
जिल्ला मोतिहारी रक्सौल १३ बस्ने अन्दाजि बर्ष ३५को बिशाल कुमार कुशवाहा रहेका
छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण
पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल
सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
३.
पर्सा, बिरगंज
महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.८८० ग्राम,
बा ४७ प ९६८७ नम्बरको
मोटरसाईकल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उप-महागनरपालिका-०९
रामपुर टोल बस्ने दिपेन्द्र ठाकुर लोहारको छोरा अन्दाजि बर्ष २२ को निरज ठाकुर
लोहार र बारा कलैया उप-महागनरपालिका-०६ मदर्सा टोल बस्ने बागर गिरीको छोरा अन्दाजि
बर्ष २८ अनिल गिरी रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्सा र
लागऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहजरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
बारा, जितपुरसिमरा
उप-महानगरपालिका-२१ पुर्व
पश्चिम राजमार्ग स्थितबाट लागूऔषध TRAMADOL-१८,३००पिस
सहित १ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका-१६ वस्ने शिव पुजन
राउत बरइ को छोरा अन्दाजि बर्ष १९ को आन्नद चौरसिया रहेका
छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंज बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
५.
महोत्तरी, मटिहानी
नगरपालिका-०८ स्थितबाट लागूऔषध REXCOF-DX-२ पिस, NITZASCEN-१० पिस, र FHENSEDYL-१ पिस सहित
२ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बैजनाथ
साहको छोरा अन्दाजि बर्ष ३० को सुनिल साह र मटिहानि नगरपालिका-०२ बस्ने अन्दाजि बर्ष
३१ को रोहित महतो रहेका छन् । प्रहरी चौकी मटिहानी
महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
६. सिरहा,
लहान नगरपालिका-०३ स्थितबाट लागूऔषध CORCOF-C 100 ml-१२३ पिस, स १ च
१४१४ नम्बरको स्कारपियो सहित
१ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-१०
बस्ने अन्दाजि बर्ष ४१ को विजय कुमार बिसुकें रहेका
छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र स्कारपियो सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, मिर्चैया नगरपालिका-१२ सिक्रोन स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८.५६० ग्राम सहित ४ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राम प्रकाश शहनीको छोरा अन्दाजि वर्ष २४ को दिपक सहनी, हुरहुर कापरको छोरा अन्दाजि बर्ष २० को सुनिल कापर, कैलु कापरको छोरा अन्दाजि बर्ष २५ को सरोज कापर र बेचन कापरको छोरा अन्दाजि बर्ष २२ को पप्पु कापर रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्युरो शाखा कर्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।