प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक नियन्त्रणमा ।

२०८३-०५-२५

  • A
  • A-
  • A+
Share

१.      बारा, कोल्हवी नगरपालिका-०२ बाँध टोलबाट भरुवा बन्दुक(लाईसेन्स नभएको) थान-२, सोही बन्दुकमा छर्राको रुपमा प्रयोग हुने फलामको छर्रा २.१७० किलोग्राम, हरिण जनावरको जस्तो देखिने छाला थान-१ (एक) र धनेश चराको जस्तो देखिने चुच्चो थान-१ र बारुद अन्दाजि ५० ग्राम बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । धुराई दास तत्माको छोरा अन्दाजि बर्ष ४६ को राम विनोद दास तत्माको घरमा अवैध हातहतियार लगायतको सर-समानहरू रहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलिले उक्त भरुवा बन्दुक सहित अन्य सामानहरु नियन्त्रणमा लिई फरार रहेको निज घर धनी राम बिनोद दास तत्माको खोजतलास कार्य भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२५

१.      पर्सा,सखुवा प्रसौनी गाउँपालिका-०३ कटैया स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५.८ ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अतिउल्लाह अंसारीको छोरा अन्दाजी बर्ष ३४ को समिउल्लाह अंसारी, नाथु अंसारिको छोरा अन्दाजि बर्ष २८ को जाबैद अंसारी र मसुदिन मियाको छोरा अन्दाजि बर्ष ३१ को समसाद अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१६ लिंक रोड स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १३०.०३ ग्राम, BR 05BS 041नम्बरको मोटरसाइकल सहित १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी रक्सौल १३ बस्ने अन्दाजि बर्ष ३५को बिशाल कुमार कुशवाहा रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.८८० ग्राम, बा ४७ प ९६८७ नम्बरको मोटरसाईकल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उप-महागनरपालिका-०९ रामपुर टोल बस्ने दिपेन्द्र ठाकुर लोहारको छोरा अन्दाजि बर्ष २२ को निरज ठाकुर लोहार र बारा कलैया उप-महागनरपालिका-०६ मदर्सा टोल बस्ने बागर गिरीको छोरा अन्दाजि बर्ष २८ अनिल गिरी रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्सा र लागऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहजरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      बारा, जितपुरसिमरा उप-महानगरपालिका-२१ पुर्व पश्चिम राजमार्ग स्थितबाट लागूऔषध TRAMADOL-१८,३००पिस सहित १ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका-१६ वस्ने शिव पुजन राउत बरइ को छोरा अन्दाजि बर्ष १९ को आन्नद चौरसिया रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंज बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      महोत्तरी, मटिहानी नगरपालिका-०८ स्थितबाट लागूऔषध REXCOF-DX-२ पिस, NITZASCEN-१० पिस, र FHENSEDYL-१ पिस सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बैजनाथ साहको छोरा अन्दाजि बर्ष ३० को सुनिल साह र मटिहानि नगरपालिका-०२ बस्ने अन्दाजि बर्ष ३१ को रोहित महतो रहेका छन् । प्रहरी चौकी मटिहानी महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ६.      सिरहा, लहान नगरपालिका-०३ स्थितबाट लागूऔषध CORCOF-C 100 ml-१२३ पिस, स १ च १४१४ नम्बरको स्कारपियो  सहित १ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-१० बस्ने अन्दाजि बर्ष ४१ को विजय कुमार बिसुकें रहेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र स्कारपियो सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, मिर्चैया नगरपालिका-१२ सिक्रोन स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८.५६० ग्राम सहित ४ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राम प्रकाश शहनीको छोरा अन्दाजि वर्ष २४ को दिपक सहनी, हुरहुर कापरको छोरा अन्दाजि बर्ष २० को सुनिल कापर, कैलु कापरको छोरा अन्दाजि बर्ष २५ को सरोज कापर र बेचन कापरको छोरा अन्दाजि बर्ष २२ को पप्पु कापर रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्युरो शाखा कर्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२४

१.      बारा, बिश्रामपुर गाउँपालिका-०४ बालिरामपुर बास घाटि स्थितबाट लागूऔषध गाँजा ५ किलोग्राम सहित BR05AJ0373 नम्बरको मोटरसाईकल मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मुसहर्वा बारा र सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.बरैनिया बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित मोटरसाईकल फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, मलंगवा नगरपालिका-०४ शिवसागर चौक स्थितबाट लागूऔषध NITRAZEPAM-२८० पिस सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-०६ बस्ने शम्भु राय यादवको छोरा अन्दाजि बर्ष १७ को रन्जित राय यादव, सर्लाही मलंगवा नगरपालिका-०४ बस्ने अशोक यादवको छोरा अन्दाजि बर्ष १६ को अनिश यादव र सोही स्थानमा बस्ने रामभरोश राय यादवको छोरा अन्दाजि बर्ष १९ को राहुल यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२३

१.      पर्सा, बिरगंज  महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३.९८० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर बकैया गाउँपालिका-०७ बस्ने सिताराम बि.क.को छोरा बर्ष अन्दाजि २७ को मनोज बि.क. र मकवानपुर बकैया गाउँपालिका-०५ बस्ने धन बहादुर भोलनको छोरा बर्ष अन्दाजि २७ को राकेश भोलन रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, हरिवन नगरपालिका-०९ सुकेपोखरी स्थितबाट लागूऔषध NITRAZEPAM-१५०० पिस, BR 30 X 2248 नम्बरको मोटरसाईकल सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका-०६ हनुमान नगर बस्ने बर्ष २६ को सुबोध कुमार यादव, सर्लाही गोडैता नगरपालिका-१२ मधुवनी बस्ने बर्ष ३५ को नारायण कुमार महतो र सोही स्थानमा बस्ने बर्ष २० को शिव कुमार पटेल रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      धनुषा, मिथिला नगरपालिका-०२ नक्टाझिझ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १९७.४४० ग्राम, ज ९ प ५६९७ नम्बरको मोटरसाईकल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-१० खरियानी टोल बस्ने रामदेव चमारको छोरा अन्दाजि वर्ष ३४ को राकेश चमार र देश भारत मधुवनी जिल्ला कमलावारी पुरी वडा नं.१३ बस्ने अयोधि रामको छोरा अन्दाजि वर्ष २७ को संजित कुमार राम रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा, सिरहा नगरपालिका-०२ छोकटी टोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १२.८४० ग्राम, प्र. ३-०२-०१३ प ६४१२ नम्बरको मोटरसाईकल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्यानपुर नगरपालिका-०७ बस्ने बिजय कुमार साफीको छोरा अन्दाजि बर्ष २४ को कमलेश कुमार साफी र सोही स्थानमा बस्ने राकेश यादबको छोरा अन्दाजि बर्ष ३२ को सन्तोष यादब रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-२३

१.      बारा, कलैया उप-महानगरलिका-०५ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष २७ को राजिब कुमार सराफलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागूऔषध मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      महोत्तरी, बर्दिबास नगरपालिका-१३ बिजुलपुरा स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने रामबिलास महतोको छोरा छोरा बर्ष ३७ को रबिन्द्र कुमार महतोलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जबरजस्ती करणी मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।