प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा ।

२०८३-०५-२८

  • A
  • A-
  • A+
Share

१.      बारा, कलैया उप-महानगरपालिका-०३ गंगापुर स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने भदई साह कानुको छोरा  अन्दाजि वर्ष ५० को ओम प्रकाश साह कानुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट गंगापुर बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बैकिङ् कसुर मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      सर्लाही, कबिलासी नगरपालिका-१० सलेमपुर स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने मनोज यादवको छोरा अन्दाजि बर्ष १७ को बिरु यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सवारी ज्यान मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      सर्लाही, गोडैता नगरपालिका-११ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने रामधारी राउत भन्ने रामधारी राउत कुर्मीको छोरा अन्दाजि बर्ष ६१ रामएकवाल राउतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दोडैता सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा लागूऔषध मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२९

१.      सिरहा, गोलबजार नगरपालिका-१२ बेतौना टोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९७.५३० ग्राम सहित ४ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बस्ने मुनेश्वर मण्डल, हलुवाई साहको छोरा अन्दाजि बर्ष २६ को बिरेन्द्र कुमार सिंह र सुनर देव सिंहको छोरा अन्दाजि बर्ष अन्दाजि २० को अरबिन्द कुमार सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-२९

१.      पर्सा, पर्सागढी नगरपालिका-०४ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने उपेन्द्र सिंहको छोरा बर्ष ३७ को आलोक कुमार सिंहलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौक बड्निहार पर्साबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चेक अनादर मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा जिल्लाका बिभिन्न स्थानबाट लेनदेन बिगो मुद्बाको फरार प्रतिवादी बारा कलैया उप-महानगरपालिका-०३ भवानीपुर टोल बस्ने बागड मियाको छोरा अन्दाजि वर्ष ५३ को महमद मुस्तफा मंसुर, अपराधिक बिश्वासघात तथा अनुचित लेनदेन मुद्बाको फरार प्रतिवादी बारा परवानीपुर गाउँपालिका-०५ बहुअरी बस्ने बासी साहको छोरा अन्दाजि बर्ष ४३ को रामबाबु साह कानु र करणी सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादी बारा बिश्रामपुर गाउँपालिका-०३ बस्ने राम पुकार महतोको छोरा अन्दाजि बर्ष २७ को सुनिल मण्डल समेतलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      महोत्तरी, सोनमा गाउँपालिका-०४ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने कैचलाल यादबको छोरा बर्ष अन्दाजि ५३ को सिताशरण यादबलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरबनी सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा अभद्र ब्यवहार मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      धनुषा, क्षिलेश्वरनाथ नगरपालिका-०२ रम्दैया स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३३ को प्रमोद कुमार मण्डललाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा कर्तब्य ज्यान सम्बन्धि कसुर मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२८

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४८० मिलिग्राम सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बीरगंज महानगरपालिका-११ बस्ने शेख मनोहरको छोरा अन्दाजि बर्ष १८ को शेख समिर रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, हरिवन नगरपालिका-०२ खोर गाँउ गुहे खोला स्थितबाट बेवारिसे लागूऔषध गाँजा ६२.००४ किलोग्राम, RJT-SCEN -२४ पिस र ONEREX-३२ पिस शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सप्तरी, राजगढ गाउँपालिका-०३ मझौरा चौक स्थितबाट लागूऔषध गाँजा ९ किलोग्राम सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बर्ष अन्दाजि २७ को संजिव कुमार शर्मालाई रहेका छन् । प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी, छिन्नमस्ता गाउँपालिका-०२ मोहनपुर स्थितबाट बेवारिसे लागूऔषध गाँजा ३१.६३० किलोग्राम शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सखडा  र सशस्त्र प्रहरी बल BPO गोबिन्दपुर सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२७

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ रजतजयन्ति चोक स्थितबाट स्रोत नखुलेको भारतिय रु.४,५०,०००।– (चार लाख पचास हजार), BR 06 AT 6445  नम्बरको मोटरसाईकल सहित १ जनालाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी पलानवा थाना वडा नं. १० बस्ने कासिलाल प्रसादको छोरा अन्दाजि बर्ष ५५ को अशोक कुमार रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटरसाईकलमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतिय रु. ५००/- को नोट ८९१ थान, रु. २००/- को नोट १ थान, रु. १००/- को नोट ४३ थान फेला पारी उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-२७

१.      सर्लाही, गोडैता नगरपालिका-०३ भगवतीपुर स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने किशोरी शाहको छोरा अं.वर्ष ५३ को रन्जित साह तेलीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुबनगोठ सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिगो मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, सोनमा गाउँपालिका-०४ खयरबनी टोलबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने राम प्रबेश महतोको श्रीमती बर्ष अन्दाजि २२ की पुनकला देबी महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खयरबनी महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बहु बिवाह मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      धनुषा, जनकनन्दनी गाउँपालिका-०४ खजुरी बजारबाट फरार प्रतिवादी धनुषा कमला नगरपालिका-०७ बस्ने नारायण यादबको छोरा अन्दाजि बर्ष ४० को मुकेश कुमार यादवलाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा अभद्र व्यवहार मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा, धनगढीमाई नगरपालिका-०६ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बर्ष ५५ को पाण्डव कुमार मण्डललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा लेनदेन मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।