लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१५
- A
- A-
- A+
१.
बारा, जीतपुर सिमरा उपमहानगरपालिका २ सिमरा चौक
स्थित रोयल होटेल नजिकैबाट ३ पोका लागू औषध अफिम (प्लाष्टिक सहित तौल गर्दा ३ किलो
९६ ग्राम र प्लाष्टीक वाहेक तौल गर्दा २ किलो ९७० ग्राम) सहित २ जनालाई बुधवार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट चन्द्रपुर
नगरपालिका ३ गैडाटार (भोलुनटार) बस्ने लाल बहादुर जिम्बाको छोरा वर्ष ४३ को आईते
सिंह जिम्बा र निजको श्रीमती वर्ष ४८ की रोशनी राई रहेका छन् । लागू औषध नियन्त्रण
व्यूरो शाखा कार्यालय बिरगंज र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त
प्रहरी टोलीले पैदल हिंडिरहेका निजहरुलाई शंकास्पद रुपमा फेला पारी चेक जाँच गर्दा
निजहरुको साथमा रहेको झोला भित्र प्लाष्टिकले बेरी ल्याएको उक्त परिमाण बराबरको
लागु औषध फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सप्तरी, सप्तकोशी नगरपालिका २ पेट्रोलपम्प स्थित कञ्चनपुर फत्तेपुर सडक खण्डबाट ९.२७५ के.जी. गाँजा सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कंचनरुप नगरपालिका ८ बस्ने तिरु यादवको छोरा अन्दाजी बर्ष २८ को शिव नारायण यादव, महादेवा गाउँपालिका ३ बस्ने बिलेक्षन यादवको छोरा बर्ष २३ को ललित कुमार यादव र सप्तकोशी नगरपालिका १० बस्ने पुल्कित यादवको छोरा बर्ष ४८ को उपेन्द्र यादव रहेका छन् । फत्तेपुरबाट कञ्चनपुर तर्फ जाँदै गरेको प्र ३-०२-००८प ७०४८ नम्बरको मोटरसाईकलमा अबैध सामान लिई जाँदैछ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी फत्तेपुर, अस्थाई प्रहरी पोष्ट आम्बासी, उदयपुर र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस फत्तेपुरबाट खटिएको संयुक्त चेकिङ टोलीलाई देख्नासाथ निजहरु मोटरसाइकल छाडी भाग्ने क्रममा प्रहरी टोलीद्वारा पिछा गरी गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।