प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८३-०६-१५

  • A
  • A-
  • A+
Share

१.     बारा, जीतपुर सिमरा उपमहानगरपालिका २ सिमरा चौक स्थित रोयल होटेल नजिकैबाट ३ पोका लागू औषध अफिम (प्लाष्टिक सहित तौल गर्दा ३ किलो ९६ ग्राम र प्लाष्टीक वाहेक तौल गर्दा २ किलो ९७० ग्राम) सहित २ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका ३ गैडाटार (भोलुनटार) बस्ने लाल बहादुर जिम्बाको छोरा वर्ष ४३ को आईते सिंह जिम्बा र निजको श्रीमती वर्ष ४८ की रोशनी राई रहेका छन् । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बिरगंज र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलीले पैदल हिंडिरहेका निजहरुलाई शंकास्पद रुपमा फेला पारी चेक जाँच गर्दा निजहरुको साथमा रहेको झोला भित्र प्लाष्टिकले बेरी ल्याएको उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  

सप्तरी, सप्तकोशी नगरपालिका २ पेट्रोलपम्प स्थित कञ्चनपुर फत्तेपुर सडक खण्डबाट ९.२७५ के.जी. गाँजा  सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  कंचनरुप नगरपालिका ८ बस्ने तिरु यादवको छोरा अन्दाजी बर्ष २८ को शिव नारायण यादव, महादेवा गाउँपालिका ३ बस्ने बिलेक्षन यादवको छोरा बर्ष २३ को ललित कुमार यादव र सप्तकोशी नगरपालिका १० बस्ने पुल्कित यादवको छोरा बर्ष ४८ को उपेन्द्र यादव रहेका छन् । फत्तेपुरबाट कञ्चनपुर तर्फ जाँदै गरेको प्र ३-०२-००८प ७०४८ नम्बरको मोटरसाईकलमा अबैध सामान लिई जाँदैछ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी फत्तेपुर, अस्थाई प्रहरी पोष्ट आम्बासी, उदयपुर र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस फत्तेपुरबाट खटिएको संयुक्त चेकिङ टोलीलाई देख्नासाथ निजहरु मोटरसाइकल छाडी भाग्ने क्रममा प्रहरी टोलीद्वारा पिछा गरी गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२८

१.      धनुषा, जनकपुर गप-महानगरपालिका-१० जानकी मन्दिर स्थितबाट लागूऔषध गाँजा २४० ग्राम सहित १ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत राज्य बिहार जिल्ला बैसाली थाना लालगंज बस्ने राजकपुर दासको छोरा अन्दाजि बर्ष ३० को पवन कुमार दास रहेका छन् । प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी, बलान बिहुल गाउँपालिका-०१ सेहरा चौक स्थितबाट वेवारिसे लागूऔषध गाँजा ५१.९९० किलोग्राम मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बिदेबर्साईन र प्रहरी चौकी मौवाहा सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध नियन्त्रण
२०८३-०६-२७

Ø बिरगंज,महानगरपालिका-१६ रजतजयन्ती चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम, ११० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८४० मिलि ग्राम चेकजाँच  गर्ने क्रममा भारत रक्सौल बाट नेपाल तर्फ पैदल आउँदै गरेको मकवानपुर हेटौडा उप-महानगरपालिका -१४ बस्ने विनोद कार्कीको  छोरा अ. बर्ष २६ को बिधान कार्कीलाई प्रहरी चौकी इनर्वा पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।Ø बिरगंज,महानगरपालिका-१६ सिर्सिया चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ६१० मिलिग्राम चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.१६ प ४०३५ नम्बरको मोटरसाईकल चालक बिरगंज महानगरपालिका वडा नं. १५ बस्ने दिगम्बर कुमार सिंहको  छोरा अ. बर्ष १९ को सिधान्त सिंह र सोहि मोटरसाईकलमा सवार  ए.ए. बस्ने अ. बर्ष १८ को सुरज पटेललाई इलाका प्रहरी कार्यालय छपकैया पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।Ø बाराको पचरौता नगरपालिका–६, चिकनी स्थित धानखेतबाट ५५ केजी गाँजासहित पचरौता नगरपालिका –३, रामनगर टोल बस्ने दिपलाल प्रसाद यादवको छोरा अं. बर्ष ४५ को राजकिशोर प्रसाद यादवलाई नियन्त्रणमा लिएको छ भने अन्य तीन जना फरार रहेकाले खोजतलास भइरहेको छ ।Ø बिरगंज,महानगरपालिका-१६ रजतजयन्ती चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम, २८० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८८० मिलि ग्राम चेकजाँच  गर्ने क्रममा भारत रक्सौल बाट नेपाल तर्फ पैदल आउँदै गरेको मकवानपुर हेटौडा उप-महानगरपालिका -०२ बस्ने रामलाल मानन्धरको छोरा अ. बर्ष २० को राजु मानन्धरको प्रहरी चौकी इनर्वा पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।  

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२७

१.      सिरहा, गोलबजार नगरपालिका-०१ बेरीवाण स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम, स ६ प ७३३७ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-१३ बस्ने जुगेश्वर यादवको छोरा अन्दाजि बर्ष १९ को सुरज यादव र सोही स्थानमा बस्ने दिनेश यादवको छोरा अन्दाजि बर्ष १९ को  श्यमबाबु कुमार यादव रहेका छन् । प्रहरी चौकी मुक्सार सिरहा र लागऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-०५ कल्याण्पुर स्थितबाट लागूऔषध गाँजा ९० किलोग्राम सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने हिरा यादवको छोरा बर्ष अन्दाजि ४३ को जगदिश यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेश्वरी सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।