लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-१६
- A
- A-
- A+
१.
पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ अंकुवा राम
जानकी मन्दिर नजिकबाट ९६० ग्राम लागु औषध गाँजा सहित १ जनालाई बिहीबार बिहान
प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने पल्टल दासको
छोरा अन्दाजी वर्ष ७५ को मेघराज दास रहेका छन् । ईलाका प्रहरी कार्यालय पटेर्वा
सुगौलीबाट खटिइएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा लुकाइ छिपाइ राखिएको उक्त
परिमाण बराबरको गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
पर्सा, बीरगंज महानगरपालिका १६ शंकराचार्य गेट
स्थितबाट २ किलो ७०० ग्राम गाँजा सहित एक जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला मोतिहारी पुर्वीचम्पारण थाना
तुरकौलिया ग्राम पञ्चायत शंकर सरैया वडा नं. २९ बस्ने शिवनाथ राउतको छोरा बर्ष अन्दाजी
३३ को लालटू राउत रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले
सार्वजनिक सवारी साधनहरु चेक जाँच गर्ने क्रममा बिरगंजबाट दक्षिण मितेरी पुल तर्फ
जाँदै गरेको बिरगंज महानगरपालिका-१ ह १-०३६३ नम्बरको ई-रिक्सालाई रोकी ई-रिक्सामा
सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले
लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
३.
बारा, जितपुर- सिमरा उपमहानगरपालिका ८
ईमलिप्रति स्थित कृष्ण फ्याक्ट्रीको अगाडीबाट १५५ किलो ६३५ ग्राम गाँजा सहित एक
जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर
राक्सिराङ गाउँपालिका १ बस्ने अन्दाजी बर्ष २८ को अम्बिर डिम्डुङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले मकवानपुर मनहरीबाट बिरगंज
तर्फ जाँदै गरेको बा १३ च ४७३४ नम्बरको कारलाई रोक्न खोज्दा उक्त कार नरोकी भागी
हिंडेको हुँदा उक्त कारलाई प्रहरी टोलिले पछ्याउदै जितपुर-सिमरा उपमहानगरपालिका ८
ईमलिप्रति स्थित कृष्ण फ्याक्ट्रीको अगाडीबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त परिमाण
बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।