लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१७
- A
- A-
- A+
१. सिरहा, बन्दीपुर नगरपालिका वडा नं २ बन्दीपुर स्थितबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ५ (पाँच ग्राम) सहित १ जनालाई शुक्रवार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका वडा नं. ७ बस्ने विल्टु यादवको छोरा अन्दाजी वर्ष २० को अजय कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया र लागुऔषध नियन्त्रणमा ब्यूरो शाखा कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलिले पूर्वबाट पश्चिम पोखरा तर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१-००१ ख ०२२१ नम्बरको यात्रु वाहक बस रोकी चेकजाँच गर्दा उक्त बसको बिच भागको सिटमा सवार निजलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सप्तरी, खड्क नगरपालिका ५ कल्भर्ट कुस्माहर
खर्चुइया स्थितबाट लागु औषध DIAZEZAM (डाइजपाम) १२२ एम्पुल, IPPL
(आई पि.पि.एल) १२२ एम्पुल, PHENARGAN १२२ एम्पुल मध्ये १ वटा फुटेको गरी
जम्मा ३६६ एम्पुल सहित २ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेमा जिल्ला उद्दयपुर त्रियुगा नगरपालिका १३ बस्ने राजन राईको छोरा वर्ष २६ को
सुमन राई र सोही स्थान बस्ने देबेन्द्र अधिकारीको छोरा बर्ष २१ को आशिष अधिकारी रहेका
छन् । प्रहरी चौकी विसनपुरबाट खटिएको गस्ति टोलिले शंकास्पद अबस्थामा पैदल हिंडिरहेका
निजहरुले प्रहरी गस्ति टोलिलाई देखि भाग्ने क्रममा निजहरुलाई नियन्त्रणमा लिई शरीर
खानतलासी गर्दा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।