फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-२०
- A
- A-
- A+
१. धनुषा,
जनकपुर उप-महानगरपालिका-१४ राष्ट्रिय बरिक्षा बोर्ड अगाडिबाट फरार प्रतिवादी
जनकपुर उप-महानगरपालिका-७ बस्ने अन्दाजी वर्ष ४६ को संजिब कुमार यादवलाई सोमबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलिया धनुषाबाट खटिएको
प्रहरी टोलीले बैंकिङ कसुर सम्बन्धि चालु मुद्दाको फरार निज प्रतिवादीलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सप्तरी, महादेवा गाउँपालिका-३ बथनाहा स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने बौकाई सरदारको छोरा गोविन्द सरदारलाई सोमबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेवा सप्तरीबाट खटिएको प्रहरी
टोलीले लेनदेन बिगो मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
साथै मिति
२०८३।०६।१९ गते अं. १५;४५ बजे मिटरब्याज बिरुद्ध किसान मजदुर आन्दोलन नेपाल
सप्तरीका जिल्ला अध्यक्ष मो. तैयब अलिको नेतृत्वमा अन्दाजी ५०/६० जना भेला जम्मा
भई माथि उल्लेखित प्रतिवादी गोविन्द सरदारलाई रिहाको माग राखी दबाव स्वरुप जिल्ला
प्रशासन सप्तरीको मुल गेटमा शान्तपूर्ण बिरोद्ध प्रदर्शन गरेको( कार्यालयको काम
सुचारु रहेको ) उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी
टोलीले सम्झाई बुझाई कार्य भइरहेको छ ।