फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-१९
- A
- A-
- A+
१. धनुषा,
जिल्लाका विभिन्न स्थानबाट ठगी तथा अपराधिक बिश्वासघात मुद्दा र
ज्यान
मार्ने उद्योग चालु मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा, सिरहा नगरपालिका-२२ घर
भइ हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१ पुलचोक स्थित डेरा गरी बस्ने
अन्दाजी वर्ष २३ को पप्पु यादव, जिल्ला धनुषा, धनुषाधाम नगरपालिका-७ बस्ने अन्दाजी
वर्ष ४५ को संजय यादव, जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१८ कपिलेश्वर बस्ने
मो. दाउत साहको छोरा अन्दाजी वर्ष ३८ को मो. रहमत अलि साह र जिल्ला धनुषा, कमला
नगरपालिका-७ हथमुण्डा बस्ने राम लखन महतोको छोरा अन्दाजी वर्ष ३५ को धर्मेन्द्र
कुमार महतो समेतलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सप्तरी, खडक नगरपालिका-१ सिस्वाबेल्ही टोल स्थितबाट फरार प्रतिवादी सोही
स्थानमा बस्ने अन्दाजी वर्ष ३० को जितेन्द्र गदाललाई आइतबाट दिउँसो प्रहरीले
पक्राउ गरेको छ । प्रहरी चौकी सिस्वाबेल्ही सप्तरीबाट खटिएको प्रहरी टोलीले लेनदेन
मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।