लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१४
- A
- A-
- A+
१. धनुषा,
जनकपुर उप-महानगरपालिका-२३ बसपार्क स्थितबाट लागूऔषध Tramadol-१४५००, NITRAZEPAM-८५०, DIAZEPAM-१४५० पिस, PROMETHOGINEZINE-९९० पिस, ज.उ.म.न.पा.१ ख ०१०८८ नम्बरको अटो
सहित १
जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी
पिपडा गाउँपालिका-०५ सहोरबा बस्ने चन्द्र साहको छोरा अन्दाजि बर्ष ४३ को बिजय
कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी
जिरोमाईल धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषधहरु सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, सिरहा नगरपालिका-१५ माडर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.२५० ग्राम, स ६ प ३८०१ नम्बरको मोटरसाईकल सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-११ गदहवा टोल बस्ने शशिनाथ यादवको छोरा अन्दाजि वर्ष २४ को मुकेश कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।