लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-१२
- A
- A-
- A+
१. पर्सा,
बिन्दाबासिनी गाउँपालिका-०४ अमरपट्टी स्थितबाट लागूऔषध गाँजा ५०० ग्राम सहित १ जनालाई आईतबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला
मोतिहारी सिस्वा पञ्चायत बस्ने अन्दाजि बर्ष ६५ को प्रेत राय रहेका
छन् ।
प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. धनुषा,
बिदेह नगरपालिका-०८ बफै स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४.४००
ग्राम On Test
मोटरसाईकल सहित
१ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा
सोही स्थानमा बस्ने राम पुकार मण्डलको छोरा अन्दाजि वर्ष २२ को अजय कुमार मण्डललाई
रहेका छन् । जिल्ला प्रहरी
कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र
मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।