फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-१२
- A
- A-
- A+
१.
बारा, परवानीपुर गाउँपालिक-०२ रामपुर टोकनी
टोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बिन्दशरी साह तेलीको छोरा छोरा अन्दाजि बर्ष
२८ को उमेश साह तेलीलाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय परवानिपुर बाराबाट खटिएको प्रहरी टोलिले अभद्र ब्यवहार मुद्दाका फरार रहेको निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२.
सिरहा, सिरहा नगरपालिक-०६ कमला खोला स्थितबाट
फरार प्रतिवादी जिल्ला धनुषा बिदेह नगरपालिका-०५ बस्ने अन्दाजि बर्ष ४० को अजय
भन्ने बद्री पासवानलाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । जिलला प्रहरी
कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले डाँका.ज्यान मार्ने उद्योग, लागूऔषध,
हातहतियार खरखजाना र संगठित मुद्दाका
फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।