कटुवा पेस्तोल सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०८
- A
- A-
- A+
१. रौतहट, परोहा नगरपालिका-०८ पटेल चौक स्थितबाट १२ बोर कटुवा पेस्तोल सहित १ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला मोतिहारी श्रीपुर ग्राम बस्ने अन्दाजि वर्ष ३७ को गोबिन्द दास रहेको छ । प्रहरी चौकी नरकटिया मोतिपुर रौतहटबाट खटिएको प्रहरी टोलिले उक्त कटुवा पेस्तोल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।