लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०६
- A
- A-
- A+
१.
पर्सा, छिपहरमाई
गाउँपालिका-०५ भिस्वा स्थितबाट वेवारिसे लागूऔषध गाँजा ३.७९० किलोग्राम सोमबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भिस्वा पर्साबाट खटिएको प्रहरी
टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, धनगढीमाई नगरपालिका-०९ स्थितबाट वेवारिसे लागूऔषध गाँजा ४.८७५ किलोग्राम सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।