फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-०७
- A
- A-
- A+
१.
सिरहा, सिरहा नगरपालिक-०७ स्थितबाट फरार
प्रतिवादी बिष्णुपुर गाउँपालिका-०२ राजपुर बस्ने अन्दाजि बर्ष ५२ को डोमी यादवलाई
मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको
प्रहरी टोलिले ठगी मुद्दाका
फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
सप्तरी जिल्लाका बिभिन्न स्थानबाट अभद्र व्यवहार मुद्बाको फरार प्रतिवादी खडक नगरपालिका-०७ बस्ने सुकदेव यादवको छोरा बर्ष अन्दाजि ४२ को उमेश यादव र कुटपिट मुद्दाको फरार प्रतिवादी बोदेबर्साइन नगरपालिका-०१ बस्ने अन्दाजि बर्ष ६० को पशुराम चौधरी समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।