प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८३-०६-०७

  • A
  • A-
  • A+
Share

१.      पर्सा, बिरगंज महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५४ ग्राम, अफिम जस्तो देखिने पदार्थ ११.५९० ग्राम र BR 05 BL 1680 नम्बरको मोटरसाईकल सहित २ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिक-०२ बस्ने वर्ष ४६ को रेयाज आलम र जगरनाथपुर गाउँपालिका-०६ माधोपुर बस्ने वर्ष ३७ को सन्तोष प्रसाद पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-०७

१.      सिरहा, सिरहा नगरपालिक-०७ स्थितबाट फरार प्रतिवादी बिष्णुपुर गाउँपालिका-०२ राजपुर बस्ने अन्दाजि बर्ष ५२ को डोमी यादवलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले ठगी मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी जिल्लाका बिभिन्न स्थानबाट अभद्र व्यवहार मुद्बाको फरार प्रतिवादी खडक नगरपालिका-०७ बस्ने सुकदेव यादवको छोरा बर्ष अन्दाजि ४२ को उमेश यादव र कुटपिट मुद्दाको फरार प्रतिवादी बोदेबर्साइन नगरपालिका-०१ बस्ने अन्दाजि बर्ष ६० को पशुराम चौधरी समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०६

१.      पर्सा, छिपहरमाई गाउँपालिका-०५ भिस्वा स्थितबाट वेवारिसे लागूऔषध गाँजा ३.७९० किलोग्राम सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भिस्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, धनगढीमाई नगरपालिका-०९ स्थितबाट वेवारिसे लागूऔषध गाँजा ४.८७५ किलोग्राम सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०५

१.      पर्सा, सुगौली गाउँपालिका-०१ मलाही टोल स्थितबाट लागूऔषध गाँजा ३० किलोग्राम सहित ३ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुगौली गाउँपालिका-०१ मलाही टोल बस्ने भुटी सहनीको छोरा अन्दाजि बर्ष ३४ को नन्दलाल सहनी, बिहारी सहनीको छोरा अन्दाजि बर्ष ५० को महेश सहनी र सुदामा सहनिको छोरा वर्ष अ ७५ को भुटि भन्ने भुरी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, बिश्रामपुर गाउँपालिका-०४ बलिरामपुर रामजानकी मन्दिर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.३५० ग्राम सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी नकरदेही पंचायत नं.२ बिर्ता टोल वस्ने नन्द साहको छोरा अन्दाजि बर्ष ४० को दुखी साह रहेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, हरिवन नगरपालिका-०९ स्थितबाट लागूऔषध SPAS GLENPARA-२०१४ पिस, ANTIKOF-३५०६ पिस, MEFTAL SPAS-१५०० पिस र TAPENTADOL-३५१४ पिस सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही बागमती नगरपालिका-१० सोल्टी बजार बस्ने पुलकित महतोको छोरा अन्दाजि वर्ष ४४ को प्रदिप महतो र जिल्ला रौतहट चपुर नगरपालिका-०१ पौराही टोल बस्ने कुल थापाको छोरा अन्दाजि बर्ष २८को सुरज थापा रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सर्लाही, बागमती नगरपालिका-०४ स्थितबाट लागूऔषध onerex-३६ बोतल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-०४ डाबरी बस्ने सुकु बहादुर बर्माको छोरा अन्दाजि बर्ष २६ को कुल बहादुर बर्मा र बिष्णु भोलो रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०४

१.      पर्सा, कालिकामाई गाउँपालिका-०२ सानो गदियानी स्थितबाट वेवारिसे लागूऔषध गाँजा ५९.०८ किलोग्राम शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, मलंगवा नगरपालिका-०३ स्थितबाट लागूऔषध Diazepam-१ पिस, Buprenorphine-२ पिस र Promethazine-२ पिस सहित १ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा कोल्भि नगरपालिका-०२ बस्ने आनन्द प्रसाद चौधरीको छोरा अन्दाजि वर्ष २६ को आयुष चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ स्थितबाट लागूऔषध गाँजा १९६ किलोग्राम, बा ५ च ८००१ नम्बरको पिकअप गाडी र प्र.३-०३-००१ प ३५२८ नम्बरको मोटरसाईकल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धादिङ गल्छी गाउँपालिका-०२ खरी ढुङगा बस्ने भरत भुजेलको छोरा अन्दाजि वर्ष २६ को रोशन भुजेल र जिल्ला मकवानपुर  मनहरी गाउँपालिका-०७ बस्ने बाबुराम स्याङबोको छोरा अन्दाजि बर्ष ३६ को बिरेन्द्र स्याङबो रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र सवारीसाधन सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी, डाक्नेश्वरी नगरपालिका-०६ फतेपुर टोल स्थितबाट लागूऔषध गाँजा २१००.३७ किलोग्राम सहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने शुभलाल सदाको छोरा अन्दाजि वर्ष ७४ को भोला सदा र फुदिलाल मुखियाको छोरा अन्दाजि वर्ष ५६ को मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।