प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८३-०६-०८

  • A
  • A-
  • A+
Share

१.      सर्लाही, मलंगवा नगरपालिका-११ गमरिया स्थितबाट लागूऔषध गाँजा ५०० ग्राम NITRAZEPAM- ४७ पिस SPASMOPROXYVAN-५४ पिस, KJTSCEN- १ बोतल र ONEREX- १ बोतल सहित १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राजकरण चौधरीको छोरा अन्दाजि बर्ष ४५ को प्रमोद चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषधहरु सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.       सिरहा, नरहा गाउँपालिका-०५ बलुवा टोल स्थितबाट लागूऔषध NITROVET TAB-३० पिस र प्र.२-०१-००१ प ४३३४ नम्बरको मोटरसाईकल सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका-११  दनुवारी टोल बस्ने कुशेश्वर ठाकुरको छोरा अन्दाजि वर्ष २१ को सुदिप ठाकुर र मिर्चैया नगरपालिका-०४ बस्ने वासु दनुवारको छोरा अन्दाजि वर्ष २३ को सुभाष दनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय नरहा सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०७

१.      पर्सा, बिरगंज महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५४ ग्राम, अफिम जस्तो देखिने पदार्थ ११.५९० ग्राम र BR 05 BL 1680 नम्बरको मोटरसाईकल सहित २ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिक-०२ बस्ने वर्ष ४६ को रेयाज आलम र जगरनाथपुर गाउँपालिका-०६ माधोपुर बस्ने वर्ष ३७ को सन्तोष प्रसाद पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-०७

१.      सिरहा, सिरहा नगरपालिक-०७ स्थितबाट फरार प्रतिवादी बिष्णुपुर गाउँपालिका-०२ राजपुर बस्ने अन्दाजि बर्ष ५२ को डोमी यादवलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले ठगी मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी जिल्लाका बिभिन्न स्थानबाट अभद्र व्यवहार मुद्बाको फरार प्रतिवादी खडक नगरपालिका-०७ बस्ने सुकदेव यादवको छोरा बर्ष अन्दाजि ४२ को उमेश यादव र कुटपिट मुद्दाको फरार प्रतिवादी बोदेबर्साइन नगरपालिका-०१ बस्ने अन्दाजि बर्ष ६० को पशुराम चौधरी समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०६

१.      पर्सा, छिपहरमाई गाउँपालिका-०५ भिस्वा स्थितबाट वेवारिसे लागूऔषध गाँजा ३.७९० किलोग्राम सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भिस्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, धनगढीमाई नगरपालिका-०९ स्थितबाट वेवारिसे लागूऔषध गाँजा ४.८७५ किलोग्राम सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।