लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-०९
- A
- A-
- A+
१. पर्सा,
पटेर्वासुगौली गाउँपालिका-०५ देउरीया स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने
पदार्थ ४८० मिलिग्राम र अफिम जस्तो देखिने पदार्थ ३.१७० ग्राम सहित १ जनालाई बिहिबार
राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने
नटाइ राउत थारुको छोरा अन्दाजि वर्ष ५५ को रामनारायण राउत थारु रहेका
छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषधहरु सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा,
जितपुरसिमरा उप-महानगरपालिका-०८ गोबरगावा स्थितबाट लागूऔषध गाँजा १.७३० किलोग्राम सहित १ जनालाई बिहिबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने
दुखा चौधरीको छोरा अन्दाजि बर्ष ३६ को जयनारायण चौधरी रहेका
छन् । इलाका
प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. बारा,
जितपुरसिमरा उप-महानगरपालिका-०५ लाल्का पुल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ ८० ग्राम,
प्र.२ -०२-००९ प ३७५६ नम्बरको मोटरसाईकल सहित २
जनालाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा सखुवा
प्रसौनि गाउँपालिका-०४ बस्ने बर्ष अन्दाजि २८ को हुसैन अन्सारी र पर्सा बिरगंज महानगरपालिका-१४
बस्ने अन्दाजि बर्ष १९ को राजन कुमार पासवान रहेका
छन् । इलाका
प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।