अवैध हतियार सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१३
- A
- A-
- A+
बारा, सिम्रौनगढ नगरपालिका-०४ सलेमपुर स्थितबाट कटुवा पेस्तोल थान-१, ठुलो कटुवा पेस्तोल थान-१, ७.६२ mm गोली राउण्ड थान-१, ८ mm गोली राउण्ड थान-३ र ३०३ को गोली राउण्ड थान-१ जम्मा गोली थान-५ राउण्ड सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-०२ अमृतगंज बस्ने शितल महतोको छोरा अन्दाजि वर्ष ५० को जयप्रकाश प्रसाद कुशवाहा रहेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गोलागंज, बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको अधारमा हरिहरपुरबाट अमृतगंज खजानी तर्फ आउँदै गरेको निज पैदल यात्री माथी शंकालागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले हातमा बोकेको सेतो र हरियो रङ्गको धानको बिउ राख्ने झोला भित्र उक्त गैरकानूनी हतियार र गोली फेला पारी उक्त गैरकानूनी हतियार र गोली सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।