प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८३-०६-१३

  • A
  • A-
  • A+
Share

बारा, जितपुरसिमरा उप-महानगरपालिका-०२ छटिमाई टोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.३५० ग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने सम्भु साहको छोरा बर्ष अन्दाजि २५ को रोशन साह रहेका छन् । इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध हतियार सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१३

बारा, सिम्रौनगढ नगरपालिका-०४ सलेमपुर स्थितबाट कटुवा पेस्तोल थान-१, ठुलो कटुवा पेस्तोल थान-१, ७.६२ mm गोली राउण्ड थान-१, ८ mm गोली राउण्ड थान-३ र ३०३ को गोली राउण्ड थान-१ जम्मा गोली थान-५ राउण्ड सहित १ जनालाई  सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-०२ अमृतगंज बस्ने शितल महतोको छोरा अन्दाजि वर्ष ५० को जयप्रकाश प्रसाद कुशवाहा रहेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गोलागंज, बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको अधारमा हरिहरपुरबाट अमृतगंज खजानी तर्फ आउँदै गरेको निज पैदल यात्री माथी शंकालागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले हातमा बोकेको सेतो र हरियो रङ्गको धानको बिउ राख्ने झोला भित्र उक्त गैरकानूनी हतियार र गोली फेला पारी उक्त गैरकानूनी हतियार र गोली सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-१३

१.      सर्लाही, हरिवन नगरपालिक-११ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा अखलाख शेखको छोरा अन्दाजी वर्ष ३२ को शेष सौखतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले चोरी मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, सिरहा नगरपालिक-०१ स्थित बजारबाट फरार प्रतिवादी सिरहा सिरहा नगरपालिका-०७ बस्ने ज्ञानी महराको छोरा अन्दाजि वर्ष २५ को जनक महरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले अभद्र व्यवहार मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-१२

१.      बारा, परवानीपुर गाउँपालिक-०२ रामपुर टोकनी टोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बिन्दशरी साह तेलीको छोरा छोरा अन्दाजि बर्ष २८ को उमेश साह तेलीलाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय परवानिपुर बाराबाट खटिएको प्रहरी टोलिले अभद्र ब्यवहार मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सिरहा नगरपालिक-०६ कमला खोला स्थितबाट फरार प्रतिवादी जिल्ला धनुषा बिदेह नगरपालिका-०५ बस्ने अन्दाजि बर्ष ४० को अजय भन्ने बद्री पासवानलाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । जिलला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले डाँका.ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना र संगठित मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-१२

१.      पर्सा, बिन्दाबासिनी गाउँपालिका-०४ अमरपट्टी स्थितबाट लागूऔषध गाँजा ५०० ग्राम सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी सिस्वा पञ्चायत बस्ने अन्दाजि बर्ष ६५ को प्रेत राय रहेका छन् । प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, बिदेह नगरपालिका-०८ बफै स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४.४०० ग्राम On Test मोटरसाईकल सहित १ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राम पुकार मण्डलको छोरा अन्दाजि वर्ष २२ को अजय कुमार मण्डललाई रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।