फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-१३
- A
- A-
- A+
१.
सर्लाही, हरिवन नगरपालिक-११ स्थितबाट फरार
प्रतिवादी सोही स्थानमा अखलाख शेखको छोरा अन्दाजी
वर्ष ३२ को शेष सौखतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका
प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले चोरी मुद्दाका फरार रहेको निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
सिरहा, सिरहा नगरपालिक-०१ स्थित बजारबाट फरार प्रतिवादी सिरहा सिरहा नगरपालिका-०७ बस्ने ज्ञानी महराको छोरा अन्दाजि वर्ष २५ को जनक महरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले अभद्र व्यवहार मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।