फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-१४
- A
- A-
- A+
१.
सर्लाही, कबिलासी नगरपालिक-०७ स्थितबाट फरार
प्रतिवादी सोही स्थानमा बस्ने गुनौर रायको श्रीमती अन्दाजि बर्ष ४४ की रेखा देवीलाई मंगलबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कबिलासी सर्लाहीबाट खटिएको प्रहरी
टोलिले लेनदेन मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा
जिल्लाका बिभिन्न स्थानबाट ठगी तथा अपराधिक बिश्वासघात मुद्दाको
फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका-०४ बस्ने महेश साह सुडिको छोरा अन्दाजि बर्ष
३५ को कौशल किशोर साह र सिरहा कल्याणपुर नगरपालिका-०९
बस्ने बिरण यादवको छोरा अन्दाजि बर्ष २८ को सुरेश यादव समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।