लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०७-११
- A
- A-
- A+
१.
पर्सा, बिरगंज
महानगरपालिका-१६ बसपार्क स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९
ग्राम ३५ मिलिग्राम सहित १ जनालाई सोमबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा हेटौडा उप-महानगरपालिका-०१ बस्ने जरुवा टोल
बस्ने सुब्बा स्याङतानको छोरा बर्ष अन्दाजि १७ को पेम्बा स्याङतान रहेका
छन् ।
प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, लालबन्दी
नगरपालिका-०४ जब्दी पुल स्थितबाट लागूऔषध NITRAZEPAM-१५०० पिस, बागमती
प्रदेश ०२-०५४ प १४४९ नम्बरको स्कुटर सहित १ जनालाई सोमबार
बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-०२
नवलपुर बस्ने सानु प्रधानको छोरा अन्दाजि बर्ष २४ को विशाल प्रधान रहेका
छन् ।
इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, धनगढिमाई
नगरपालिका-१४ बिहिबारे टोल स्थितबाट लागूऔषध गाँजा १६ किलोग्राम सहित १ जनालाई सोमबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष
५६ को झनक बहादुर ठकुरी रहेका छन् । इलाका प्रहरी
कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त
प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
सिरहा, धनगढिमाई
नगरपालिका-१० डगर टोल स्थितबाट लागूऔषध गाँजा ६.२७० किलोग्राम, म.प्र. ०३-०३२
प ७५२ नम्बरको मोटरसाईकल सहित
१ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा सिरहा
बिष्णुपुर गाउँपालिका-०५ लक्ष्मीपुर बस्ने रामचन्द्र साहको छोरा अन्दाजि बर्ष ४१
को शिव शंकर साह रहेका छन् । इलाका प्रहरी
कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको
संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।