फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०७-११
- A
- A-
- A+
१.
धनुषा, जनकपुर उप-महानगरपालिका-०१ मुसहरी टोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने भुनेश्वर
भगतको श्रीमति अन्दाजि वर्ष ४५ की सुनिला देवीलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रेल्वे धनुषाबाट खटिएको
प्रहरी टोलिले चेकजाँच गर्दा अनुचित लेनदेन मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, गोलबजार नगरपालिका-११ बल्कवा स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने मो. जाबिर हुसेनको छोरा अन्दाजि बर्ष २५ को
दानिश खानलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ
। जिल्ला प्रहरी सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सार्वजनिक
शान्ति खलल पार्न नहुने मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।