मोटरसाईकल चोरीमा संलग्न ३ जना मानिसहरु पक्राउ
२०७९-०५-२३
- A
- A-
- A+
सिरहा, मिति २०७९/०५/२१ गते ई.प्र.का. लहान
सिरहाबाट खटिएको प्रहरी टोलीले जि. सिरहा लहान न.पा. को विभिन्न मिति र स्थानबाट
चोरी भएका निम्नानुसारको मो.सा. हरु तथा
चोरीमा संलग्न मानिसहरु समेत निम्न स्थानबाट फेला पारी रितपुर्वक नियन्त्रणमा लिई
सम्मानित सिरहा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा दिन ५ (पाँच) को म्याद लिई ई.प्र.का.
लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।
Ø पक्राउ परेका मनिसहरुः-
१.
जि. सिरहा लहान न.पा. वडा
नं. ०३ बस्ने बर्ष २० नबिन कुमार महतो
२.
जि. सिरहा लहान न.पा. वडा
नं.०३ बस्ने बर्ष २४ राकेश राय
३.
जि. सिरहा नवराजपुर गा.पा.
वडा नं.०३ जगतपुर बस्ने बर्ष २२ को सन्तोष कुमार यादव
Ø चोरी भएका स्थान तथा मोटरसाईकलहरुः-
१.
जि. सिरहा लहान न.पा. वडा
नं.०३ प्रादेशिक अस्पताल भित्र रहेको पार्किङ स्थलबाट चोरी भएको को.२६प.१८३६
नम्बरको सेतो रंगको अपाचे मो.सा. ।
२.
जि. सिरहा लहान न.पा. वडा
नं.०१ स्थित सनराईज होटल अगाडी पार्किङ स्थलबाट चोरी भएको मो.सा. स.६प.१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मो.सा.
।
Ø बरामद भएका स्थान तथा मोटरसाईकलहरुः-
१.
जि. सिरहा नवराजपुर गा.पा.
वडा नं.०३ जगतपुर स्थित हनुमान चोकबाट को.२६प.१८३६ नम्बरको सेतो रंगको अपाचे मो.सा.
।
२. जि. सिरहा सुखिपुर न.पा. वडा नं.०८ स्थित दिनेश वर्कसपबाट स.६प.१७७ नम्बरको
खैरो रंगको सुजुकी जिक्सर मो.सा. ।