अबैध हुण्डी कारोबार गर्ने १ जना मानिस पक्राउ
२०७९-०५-२६
- A
- A-
- A+
पर्सा, मिति २०७९।०५।२६ गते १३:३०
बजे विषेश सूचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.प्रज्वल थपलियाको कमाण्डमा खटिएको
टोलीले जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२ श्रीराम सिनेमा हल पछाडि गोरेटो
सडक खण्डमा प्रदेश
२-३-०१२ प २०४६ नम्बरको प्लाटिना मो.सा. रोकी चेकजाँच गर्दा
जिल्ला पर्सा पोखरिया न.पा. वडा नं.९ बैरिया विर्ता बस्ने वर्ष ३५ को महम्द रिजवान
आलमले लगाएको जिन्सपाइन्टको खल्तीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली
रू.७,५३,३००।- (सात लाख त्रिपन्न हजार तिन सय ) फेला परेको हुँदा उक्त रकम बरामद
गरी उल्लेखित नम्बरको मो.सा.सहित महम्द रिजवान आलमलाई नियन्त्रणमा लिई जि.प्र.का.मा
ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भइरहेको
।