सामान पक्राउ
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं. १८:४५ बजेको समयमा जिल्ला सिरहा औरही गा.पा. १ दरैहिया बस्ने झोलिया यादवको घरमा भारतबाट भन्सार छली ल्याई राखिएको सामानहरु छ भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ. हर्कट्टी सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले निजको घरमा चेकजाच गर्दा गन्जी ११० वटा, लुङ्गी ३३ थान, कट्टु १० थान, गम्छा १० थान, कविर खैनि १ बोरा, दाल ३० कि.जी. र चिनी १ बोरा गरी अं.मु.रु. ३४,५००/– बराबरको सामान फेला पारी उक्त सामान बरामद गरी यस चौकीमा ल्याई भन्सार बुझाउने प्रकृया भईरहेको ।