सेवाग्राहीहरुलाई हैरानी दिने ४ जना मानिसहरु नियन्त्रणमा:-
२०७९-१०-१७
- A
- A-
- A+

मिति २०७९।१०।१५ गते अं. १४:३० बजेको समयमा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ८ स्थित रहेको यातायात व्यवस्था कार्यालय लहान सिरहामा आएका सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिन्छु भनि बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरुलाई अनावश्यक हैरानी दिने भन्ने पटक-पटक जनगुनासो प्राप्त हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा माथी उल्लेखित कार्य गर्दै गरेको अवस्थामा फेला पारी निम्न नाम, थर, वतन भएका व्यक्तिहरुलाई नियन्त्रणमा लिई निजहरुलाई सम्मानित सिरहा जिल्ला अदालतबाट अभद्र व्यवहार मुद्दामा दिन-७ (सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको ।
निम्न:-
१. जिल्ला सप्तरी खडक नगरपालिक वडा नं. ३ बस्ने अं.बर्ष ४२ को जिवछ ठाकुर ।
२. ऐ. ऐ. बस्ने अं. बर्ष ३२ को अनिल कुमार चौधरी ।
३. जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ७ बस्ने अं.बर्ष ३३ को नन्दन खेताङ्ग ।
४. ऐ.नवराजपुर गाउँपालिका वडा नं. १ बस्ने अं.बर्ष ४१ को विष्णुदेव यादव ।