बिल बिजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रकहरू नियन्त्रणमा
२०७९-१०-२७
- A
- A-
- A+
पर्सा, बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको ट्रकहरू वीरगञ्जबाट काठमाण्डौतर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्सा मातहत प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको टोलीले मिति २०७९।१०।२५ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक सडक खण्डबाट ना.६ ख ४००६ र ना.६ ख ४६०८ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा सिल बन्द नरहेको साथै विल बिजक संकास्पद देखिएको हुँदा अं.मू. रू. ३६,८८,०९१/- (छतीस लाख अठासी हजार एकानब्बे) बराबरको ट्रकहरू र सो ट्रकहरू भित्र लोड रहेको लत्ताकपडाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१०।२६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।