प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा

२०८०-०१-२१

  • A
  • A-
  • A+
Share


१.      रौतहट, मिति २०८०।०१।२० गते, अं.१९:०० बजेको समयमा जिल्ला रौतहट गुजरा न.पा.-४ कनकपुर स्थितमा वसिरहेको अवस्थामा बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी जिल्ला रौतहट परोहा न.पा.-६ वस्ने हरी ठाकुरको छोरा वर्ष २९ को राकेश कुमार ठाकुरलाई प्रहरी चौकी हरीनगर रौतहटबाट खटि गएको प्र.स.नि.को टोलि र ई.प्र.का लक्ष्मिनियाँबाट प्र.नि.को कमाण्डमा खटि आएको टोलिले नियन्त्रणमा लिई ई.प्र.का. लक्ष्मिनियाँमा पठाएको ।

 

२.      सर्लाही, मिति २०८०।०१।२० गते अं. १५:०० बजेको समयमा जि.प्र.का. रौतहटको सिं.नं. ४६५ को संचार भए अनुसार हिरामन महतोको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी दिपेश भन्ने मन्त्रीबाबु राय समेत भएको अपरहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न फरार प्रतिवादी जिल्ला सर्लाही बलरा न.पा. ३ बस्ने अं.वर्ष २० को साधु लोहारलाई आफ्नै गाउँ घरमा लुकी छिपी बसिरहेको अवस्थामा ई.प्र.का. बलराबाट प्र.ब.ना.नि.को कमाण्डमा ४ जनाको टोली खटिगई नियन्त्रणमा लिई  जि.प्र.का. सर्लाहीमा पठाईएको ।

 

३.      सिरहा, मिति २०८०।०१।२० गते ११:०० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा. ३ ईटारी प्रसाई बस्ने लेनदेन बिगो मुद्दाको १ बर्ष कैद तोकिएको बेचन पासवानको श्रीमती अं. बर्ष ५० की प्रमिला कुमारीलाई ई.प्र.का. कल्यानपुर सिरहाबाट प्र.ना.नि. को कमाण्डमा प्रहरी टोलि खटि गई निजकै घर वतनबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा पठाईएको साथै मिति २०८०।०१।२० गते अं. ११:३० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १८ बस्ने कर्तव्य ज्यान मुद्दाको, लगत नं. ३२९७ र ९ बर्ष ११ महिना ५ दिन कैद सजाय तोकिएको अं. बर्ष ४० को धर्मनाथ यादवलाई प्रहरी चौकी लकडिगोठ सिरहाबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई निजको घर वतनबाटै नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. सिरहा पठाएको ।

 

४.      पर्सा, मिति २०८०।०१।२० गते अं. १४:०० बजेको समयमा जि. पर्सा बीरगंज म.न.पा.-१४ बस्ने कमल बहादुर धोबीको छोरा सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाको फरार प्रतिबादी (मुद्दा दर्ता नं.-१३८, १बर्ष कैद सजाय फैसला भएको) बर्ष-५२ को मनोज नेपालीलाई जि.प्र.का. पर्साबाट खटिएको क्राईम टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.पर्सामा ल्याई राखिएको ।

 

५.      पर्सा, मिति २०८०।०१।२० गते अं. ११:०० बजेको समयमा जिल्ला पर्सा पर्सागढी न.पा. वडा नं.५ पन्चरुखी स्थित ई.प्र.का. एकटागाबाट खटिएको प्रहरी टोलिले जिल्ला पर्सा पर्सागढी न.पा. वडा नं.५ पन्चरुखी बस्ने गिरजा देवी अहिरी, ऐ.ऐ. बस्ने बर्ष अं.४५ की रिना देवी अहिरीन, ऐ.ऐ. बस्ने भागरित रायको  छोरी बर्ष अं. ४५ की देव रतिमा भरिन, ऐ.ऐ. बस्ने बर्ष अं.३५ को जमुना राय भर र ऐ.ऐ. बस्ने बर्ष अं. ६० को भोला राय भर विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी ई.प्र.का. एकटागा पर्सा मार्फत सम्मानित पर्सा जिल्ला अदालत पर्सामा पठाईएको ।

सम्बन्धित समाचार
बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्याक्टर र पिकअप पक्राउ
२०८१-०१-१३

पर्सा, मिति २०८१।०१।१२ गते १७:३० बजेको समयमा विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको मालवाहक पिकअप र ट्याक्टर ICP बाट वीरगञ्जतर्फ जाँदै गरेको सूचनाको आधारमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले जि. पर्सा बिरगंज म.न.पा. २५ अलौ स्थित सडकखण्डबाट BR05GA 9042 नम्बरको मालवाहक पिकअप र BR 22Q 7727 नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई लोड रहेको मालबस्तुहरु साथमा रहेको प्रज्ञापन पत्र, Online VCTS बिल भन्दा बढी लोड रहेको आशंका रहेकोले  BR05GA 9042 नम्बरको मालवाहक पिकअप र BR 22Q 7727 नम्बरको ट्याक्टरलाई अ.मु. रू.४०,३६,२०१।– (चालीस लाख छत्तीस हजार दुई सय एक रुपैयाँ)  बराबरको विभिन्न किसिमका कपडाहरू सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-०९

१.      पर्सा, मिति२०८१।०१।०८ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा जिराभवानि गा.पा.०१ माहदेवपट्टी चोक स्थित प्रहरी चौकी महादेवपट्टी पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतको भङगाहा बाट नेपाल तर्फ आउँदै गरेको स. २६ प. २१९१ नं. को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा उक्त मो.सा. को भाईजर भित्र कपडामा राखि लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा लागुऔषध NITRAVET -10 लेखिएको टयाब्लेट १ पातामा १२ पिस र गाँजा-१ पुरीया ला.औ. सहित फेलापारी मो.सा. र मो.सा. चालक जि.पर्सा पटेर्वसुगौली गा.पा. वडा नं. ४ बस्ने अं. वर्ष ३० को बिकेश दास, सोही मो.सा.मा पछाडि सवार ऐ.ऐ. बस्ने अं. बर्ष २१ को भोला चौधरी र ऐ.ऐ. बस्ने अं. वर्ष २८ को सनि चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि  ई.प्र.का. पटेर्वासुगौली पर्सामा ल्याई  थप अनुसन्धा कार्य भईरहेको ।२.      पर्सा, मिति २०८१/०१/०८ गते अं.१९:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको जिल्ला पर्सा बि.म.न.पा.वडा नं.३ आदर्शनगर टोल बस्ने ममताज महमद खानको छोरा अं.बर्ष २५ को समिर खानको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडीको दाहिने खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ९ पत्तामा ४५ पिस ट्याब्लेट, खुल्ला १५ पिस ट्यब्लेट र PHENARGAN ईन्जेक्शन ३ एम्पुल, NOORPHIN ईन्जेक्शन ३ एम्पुल,DIAZEPAM ईन्जेक्शन २ एम्पुल फेला परेकोमा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी  व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      महोत्तरी, मिति २०८१।०१।०८ गते अं. २३:१५ बजेको समयमा जिल्ला महोत्तरी मनराशिस्वा गा.पा. ४ जाउक स्थितमा ऐ.ऐ. बस्ने हरिदेव मण्डलको श्रीमती अं. वर्ष ६५ की सरस्वति देवी मण्डल मनरा बाट जाउक तर्फ जाँदै गरेको अवस्थमा अ.प्र.पोष्ट सरपल्लो,महोत्तरीबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा निजले बोकेको पलास्टिक चेकजाँच गर्दा ला.औ. गाँजा अं. ५०० ग्राम फेला परको हुदा निजलाई ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. महोत्तरी पठाईएको ।

फरार प्रतिबादि पक्राउ
२०८१-०१-०७

१.      सिरहा, मिति २०८१।०१।०६ गते अं. १०:१० बजेको समयमा जिल्ला सिराहा भगवानपुर गा.पा. २ नरहा रिगोल स्थित अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको प्रहरी गस्ति टोलिले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.१७७१ ,फैसला मिति २०५७।०९।१९ गतेको, जरिबाना रु.५००।-, कुटपिट मुद्दाका फरार प्रतिबादि ऐ.ऐ. बस्ने श्री पाण्डब यादबको छोरा अं. बर्ष ४५ को जामुन यादबलाई निजको घरबाट पक्राउ गरी  सम्मानित जिल्ला अदालत सिरहामा लागत कट्टा गर्नको लागि पठाईएको ।२.      सिरहा, मिति २०८१।०१।०६ गते अं. १७:०० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ स्थित इ.प्र.का.माडर सिरहाबाट खटिएको गस्ति टोलिले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.३३५१, जरिबाना रु.२२००।-, कैद १ बर्ष  भएको कुटपिट मुद्दाका फरार प्रतिबादि ऐ.ऐ. बस्ने झोली बनरैतको छोरा अं.बर्ष ४८ को बिष्णु देव बनरैतलाई निजको घरबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. सिरहामा बुझाएको ।३.      सिरहा, मिति २०८१।०१।०६ गते अं.१५:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.६ जिबा टोल स्थितमा इ.प्र.का.मिर्चैया सिरहा बाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सिरहा जिल्ला अदालतको फैसला मिति २०७७।०८।०९ गतेको लागत नं.७०२३ सवारी ज्यान मुद्दामा २० दिन कैद र रु.२००० ।- जरीवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा मिर्चैया न.पा.६ बस्ने धैर्यनारायण झा को छोरा अं.बर्ष ५५ को अशोक कुमार झा लाई निजकै गाँउ घरबाट फेलापारी नियन्त्रणमा निई इ.प्र.का.मिर्चैया सिरहामा ल्याई राखिएको । ४.      सिरहा, मिति २०८१।०१।०६ गते अं.१५;१० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.५ पुरानो बाजार  स्थितमा इ.प्र.का.मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सिरहा जिल्ला अदालतको फैसला मिति २०७९।०९।२१ गतेको लागत नं.७५९९ अभद्र व्यावहार मुद्दामा १ महिना कैद र रु.१००० ।- जरीवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा मिर्चैया न.पा.५ पुरानो बजार बस्ने तसलिम हुसेनको छोरा अं.बर्ष २३ को फैशन हुसेनलाई निजकै गाँउ घरबाट फेलापारी नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैयामा थप अनुसन्धान कार्य भईरहेको छ ।