जनचेतना मुलक कार्यक्रम
२०८०-०२-२२
- A
- A-
- A+
१.
धनुषा, मिति २०८०।०२।२० गते २१ गते अं.०७:०५
बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१० स्थित जानकी मन्दिरको प्राङ्गणबाट
जि.प्र.का. धनुषाको आयोजनामा जातिय भेदभाव विरूद्ध जनचेतना मुलक कार्यक्रममा
प्रमुख अतिथि जनकपुर उ.म.न.पा. का मेयर मनोज कुमार साहज्यु, धनुषाका
प्रमुख जिल्ला अधिकारी काशीराज दहालज्यु, जिल्ला प्रहरी
कार्यालय धनुषाका प्र.उ. विश्वराज खड्काज्यु, नेपाल प्रहरी,
नेपाली सेना, सशस्त्र प्रहरी, नागरिक समाज, बिभिन्न संघ संस्थाका प्रतिनिधिज्यु,
जनकपुर उ.म.न.पा. का वडा अध्यक्षज्युहरु र सदस्यज्युहरु लगायत अं.
३००/४०० जनाको संख्यामा जनचेतना मुलक र्याली सुरु भई ऐ. ३ जनकचोकमा आई कार्यक्रम
सुरु भएको, उक्त स्थानमा प्र.चौ. जनकपुरधाम, धनुषाबाट
प्र.ना.नि. को कमाण्डमा र तालुक जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा टोली खटि गएको
।
२.
सिरहा, मिति २०८०।०२।२१ गते अं. १४:२० बजेको
समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. ११ नैनपुर स्थित श्री आधारभुत बिद्यालय
नैनपुरको प्राङगनमा दलित जन कल्याण युवा कलव लहान र ई.प्र.का. धनगढी सिरहाको
आयोजनामा र धनगढीमाई नगरपालिकाको समन्वयमा र एक्सन एड नेपाल लहान सिरहाको
सहकार्यमा "जातिय भेदभाव तथा छुवाछुत उन्मुलन" कार्यक्रम ऐ. दलित जन
कल्याण युवा क्लब लहान सिरहाको अध्यक्ष उमेश कुमार बिषुन्केको अध्यक्षता र प्रमुख
अतिथि ऐ. नगरपालिकाको नगर प्रमुख शिव शंकर महतो र ऐ.वडाको वडा अध्यक्ष अशोक कुमार
श्रेष्ठ समेतको उपस्थितीमा ई.प्र.का.
धनगढी सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको ५ जना प्रहरी टोलिको सुरक्षार्थ
सहकार्यमा अं. १००/१०५ जनाको संख्यामा
उक्त कार्यक्रमा सम्पन्न भएको ।
३.
सप्तरी, मिति २०८०।०२।२१ गते अं. ११:५० बजेको
समयमा जि. सप्तरी हनुमाननगर कंकालिनी न.पा. १ कंकालिनी मन्दिरको प्राङगण र भारदह
चौक स्थितमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा ई.प्र.का. भारदह
सप्तरीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप स्थानिय बासीहरु अं.
५०।६० जनालाई भेला जम्मा गरी “जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध” कार्यक्रम सम्पन्न भएको उक्त स्थानमा ई.प्र.का. भारदह सप्तरीबाट
प्र.ना.नि.को कमाण्डमा टोलि खटि गएको ।