मानिस नियन्त्रणमा लिएको
२०८०-०५-०८
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०५।०७ गते अं. १८:२५ बजेको
समयमा जिल्ला सिरहा बरियारपट्टी गा.पा. ३ भन्सार कार्यालय स्थित भित्री सडक खण्डमा
हो-हल्ला भईरहेको भन्ने खबर ई.प्र.का. बरियारपट्टी सिरहामा प्राप्त हुना साथ
तत्काल प्र.ब.ना.नि.को कमाण्डमा र शसस्त्र
प्रहरी बल बरियारपट्टीबाट स.प्र.नि.को कमाण्डमा टोली खटिगई हेर्दा बुझ्दा जिल्ला
सिरहा लक्ष्मिपतारी गा.पा. १ रामपुर बस्ने देव नारायण साहको छोरा अं. वर्ष ४५ को
कुमोद कुमार साहले म प्रहरीको सई हो भनी जिल्ला सिरहा सखुवानन्कारकट्टी गा.पा.२ बेतहा
बस्ने सिगली दासको छोरा अं. वर्ष २७ को सत्य नारायण दास ऐ. लक्ष्मिपतारी गा.पा. ३
महेशपुर बस्ने अनन्त राय यादवको छोरा अं. वर्ष २१ को मुकेश राय यादवलाई रिभल्वर जस्तो (लाइटर) देखाई धाक धम्की दिई
लुटपाट गर्न खोजेकोले निज कुमोद कुमार साहलाई रिभल्वर जस्तो (लाईटर) सामान सहित
नियन्त्रणमा लिई थप अनुसन्धानको लागी पडित सहित ३ जनालाई जि.प्र.का सिरहा बुझाएको ।