प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०६-०४

  • A
  • A-
  • A+
Share

 

१.     पर्सा, बिरगंज महानगरपालिका १६ भानु चोक स्थितबाट लागू औषध Nitravate-10 लेखिएको ट्याब्लेट २० पिस सहित जिल्ला बाग्लुङ बाग्लुङ नगरपालिका १४ अमला चौर घर भई जिल्ला पर्वत पर्वत नगरपालिका ३ बडा गाउँ बस्ने वर्ष २५ को बिशाल के.सी.लाई बिहीवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागी चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

२.     सर्लाही, हरिवन नगरपालिका ३ डाबरी टोल स्थितबाट लागू औषध गाँजा ३ किलो ७९० ग्राम सहित सोही स्थान बस्ने सुक बहादुर योन्जनको श्रीमती बर्ष ४० की शान्ती माया थिङ्लाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले  लागू औषध गाँजा बिक्री वितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा निजको घर र पसलमा खानतलासी गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

बारा, जितपुरसिमरा उपमहानगरपालिका १० बेहारा र हरपुर भित्री सडक खण्डबाट लागू औषध गाँजा ४५ किलोग्राम बिहीवार राती प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा नितनपुरबाट हरपुर तर्फ जाँदै गरेको नम्बर नखुलेको R15 मोटरसाइकलमा सवार व्यक्तिले गस्ती टोलीलाई देख्ना साथ ३ वटा झोला फाली मोटरसाइकलमा सवार दुवै जना फरार रहेकोमा उक्त झोला चेक जाँच गर्दा १५ किलोको दरले तीन पोकामा ४५ किलो ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
नक्कली नेपाली नोट सहित मानिस नियन्त्रण्यमा लिएको सम्बन्धी ।
२०८३-०१-२५

१.      सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित तिलाठी बोर्डरबाट नक्कली नेपाली नोट १००० का ७ थान, प्रदेश ०६-००१ प ०९९५ नम्बरको मोटरसाईकल सहित २ जनालाई बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका १ बस्ने अन्दाजी बर्ष २२ को सचिन कुमार यादव र सोहि स्थान बस्ने अन्दाजी बर्ष २५ को विवेक कुमार पण्डित रहेका छन् । तिलाठी बोर्डर आउट पोष्टबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतको कुनौलीबाट नेपाल आउदै गरेको मोटरसाईकल चेकजाँच गर्दा नक्कली नोटहरु फेला पारी उक्त नोट सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२५

१.      सिरहा, धनगढीमाई नगरपालिका १ बाखैर स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन ३.६३ ग्राम, प्रदेश २-०१-००१ प ०३१२ नम्बरको मोटरसाईकल सहित २ जनालाई बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका १३ वस्ने भुमिलाल चौधरीको छोरा अन्दाजी बर्ष ३५ को देव कान्त चौधरी र सोहि स्थान बस्ने धनश्याम फनेत (थारु) को छोरा अन्दाजी बर्ष ४३ को देव कान्त चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरीको संयुक्त टोलिले उक्त लागू पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका ४ क्याम्पस चौकबाट अवैध लागूऔषध Nitraze Pam Tablets ८१ पिस सहित १ जनालाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका ९ मुस्गरनिया बस्ने धिरेन्द्र सिह राजपुतको छोरा अन्दाजी बर्ष २१ को लोक सिंह राजपुत रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खुद्रा मालसामान सहित २ वटा ट्रक नियन्त्रणमा लिएको सम्बन्धी
२०८३-०१-२४

१.      पर्सा, बिरगंज महानगरपालिका १४ गण्डक चौकबाट अन्दाजी रु. ३,६८,९२,१९९।- (तीन करोड अड्सठ्ठी लाख बयानब्बे हजार एक सय उनान्‌सय) मुल्य बराबरको बिल बिजक भन्दा बढी भएको खुद्रा मालसामान सहित म.प्र.०३-००२ ख ४७९१ र ना ५ ख ६९५९ नं. को २ वटा ट्रक मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीको संयुक्त टोलिले ट्रक रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी भएका खुद्रा मालसामान फेला पारी उक्त मालसामान सहित ट्रकहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२२

१.      पर्सा, ठोरी गाउँपालिका -१ चौतारा बजार नजिकबाट अवैध लागूऔषध LALORATE क्याप्सुल ४७५ पिस सहित १ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका ८ जीवनपुर बस्ने विनोद कुमार दर्जीको छोरा अन्दाजी वर्ष २० को विश्वास परियार रहेका छन् । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, सिम्रौनगढ नगरपालिका -६ गोलगंजबाट अवैध लागूऔषध गाँजा ७ किलोग्राम सहित १ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका ६ गोलागंज बस्ने छठु मलिक डोमको छोरा अन्दाजी बर्ष ३० को विश्वनाथ मलिक डोम रहेका छन् । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।