पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८२-०१-०८
- A
- A-
- A+
जिल्ला, सिरहा बरियारपट्टी गाउँपालिका-१ स्थित प्रहरी चौकी कचनारीको कार्यालय अगाडी खटीएको प्रहरी चेकीङ् टोलिले नर्गि चौकबाट भारत तर्फ जाँदै गरेको नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक देश भारत जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर-२ कमल पुर बस्ने धर्मेन्द्र सिंहको छोरा बर्ष अन्दाजी-१७ को राजिव सिंह पछाडी सवार सोही स्थान बस्ने फुलेश्वर सिंहको छोरा बर्ष अन्दाजी-१४ को प्रिन्स सिंहको कम्मरमा भिरेको कटुवा पेस्तोल थान एक र निजले लगाएको ट्रयाकको गोजीबाट 303 राईफलमा लाग्ने गोली थान एक फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।