प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित मानिस नियन्त्रणमा

२०८२-०१-०८

  • A
  • A-
  • A+
Share

जिल्ला, सिरहा बरियारपट्टी गाउँपालिका-१ स्थित प्रहरी चौकी  कचनारीको कार्यालय अगाडी  खटीएको प्रहरी चेकीङ् टोलिले नर्गि चौकबाट भारत तर्फ जाँदै गरेको  नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक देश भारत जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर-२  कमल पुर बस्ने धर्मेन्द्र सिंहको छोरा बर्ष अन्दाजी-१७ को राजिव सिंह पछाडी सवार सोही स्थान बस्ने फुलेश्वर सिंहको छोरा बर्ष अन्दाजी-१४ को प्रिन्स सिंहको कम्मरमा भिरेको कटुवा पेस्तोल थान एक र निजले लगाएको ट्रयाकको गोजीबाट 303  राईफलमा लाग्ने गोली थान एक फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-०२

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट लागूऔषध मुद्बाको फरार प्रतिवादी बारा जितपुर सिमरा उप-महानगरपालिका-०४ औराह बस्ने ओम प्रकाश बस्नेतको छोरा अन्दाजि बर्ष २९ को निरोज बस्नेत, चेक अनादर कसुर मुद्दाको फरार प्रतिवादी बारा जितपुर सिमरा उप-महानगरपालिका-१६ आदर्शनगर बस्ने जगत नारायण चौधरी को छोरा बर्ष अन्दाजि ३८ को रोशन, अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी बारा कलैया उप- महानगरपालिका-१५ बस्ने ठगी सहनिको छोरा अन्दाजि वर्ष ४५ को मुनिलाल सहनी, लागूऔषध मुद्दाको फरार प्रतिवादी बारा जितपुर सिमरा उप-महानगरपालिका-०८ गम्हरगावा  बस्ने बुधन महत्तोको छोरा बर्ष अन्दाजि ५५ को शिब गोबिन्द महत्तो र चेक अनादर मुद्दाको फरार प्रतिवादी बारा देवताल गाउँपालिका-०७ बस्ने प्रभु साह तेलिको छोरी अन्दाजि बर्ष ४२ की गिता कुमारी साह समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, बसवरिया गाउँपालिका-०५ धनहढा स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बिजय रायको छोरा अन्दाजि बर्ष २६ को कृष्णनन्दन रायलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अभद्र व्यवहार मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सप्तरी, शम्भुनाथ नगरपालिका-०७ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष ४७ को अनिल कुमार चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी ज्यान मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०२

१.      पर्सा, बिरगंज महानगरपालिका-१८ इनर्वा मनियारी स्थितबाट लागूऔषध गाँजा २२० ग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने कृष्ण ठाकुर रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, पर्सा गाउँपालिका-०६ स्थितबाट लागूऔषध गाँजा १० ग्राम, Nitrazepam-१५ पिस, ज ६ प ८२४० नम्बरको मोटरसाइकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका-०३ बस्ने अन्दाजि बर्ष २९ को बलराम यादव र सोही स्थानमा बस्ने अन्दाजि बर्ष २० को सुनिल यादव रहेका छन् श्री संग्रामपुर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सर्लाहीबाट खटिएको टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई प्रहरी चौकी पर्सामा बुझाईएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धनुषा, गणेशमान चारनाथ नगरपालिका-०८ लवटोली स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखीने पदार्थ ६० मिलिग्राम, म.प्र.०२-००८प ७३८३ नम्बरको मोटरसाईकल सहित १ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राजेन्द्र यादवको छोरा बर्ष २१ को आदित्य यादव रहेका छन् । जिल्ला चौकी पोर्ताहा धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०१

१.      पर्सा, बिरगंज महानगरपालिका-१५ बाइपास रोड दास पेट्रोलपम्प स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखीने पदार्थ  ५०.७ ग्राम, ONTEST मोटरसाइकल सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्सा पकहामैनपुर गाउँपालिका-०४ बस्ने अब्दुल देवानको छोरा बर्ष २४ को सम्साद देवान र बिन्दावासनी गाउँपालिका-०५ बस्ने एनैलु शेषको छोरा बर्ष २२ को सफैएज शेष रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, हरिवन नगरपालिका-०३ डाबरी स्थितबाट लागूऔषध Aadishr-८ पिस, Aspam-११४ पिस, I-pm-10-४४ पिस, Nitrazepam-५ पिस, Integrated life scinces-१० पिस,गाँजा १.२१३ किलोग्राम, spasmo-८९ पिस सहित ३ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका-०३ डाबरी बस्ने सुकुदेब बम्जनको श्रीमती बर्ष ४५ की रत्ना कुमारी घिसिङ, निजको छोरी बर्ष ३२ की जुनु लामा र हरिवन नगरपालिका-०१ भोकटेनि टोल बस्ने उपेन्द्र साहको छोरा बर्ष २५ को मनोज साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषधहरु सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, लालबन्दी नगरपालिका-०१ नवलपुर अञ्जली हस्पिटल अगाडी डाबरी स्थितबाट लागूऔषध गाँजा २२.८२० किलोग्राम, म.प्र.०३-००१ ह २४४५ नम्बरको अटो सहित ३ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका-०१ घुर्कौली बस्ने चन्देश्वर साहको छोरा अन्दाजि बर्ष ३० को सुशिल साह, सोही स्थानमा बस्ने बाबुलाल साहको श्रीमती अन्दाजि बर्ष २५ की जगतारण साह र सुनिल साहको श्रीमती अन्दाजि बर्ष २५ की राधिका साह रहेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र अटो सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । महोत्तरी, बर्दिबास नगरपालिका-०३ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखीने पदार्थ  ७९० मिलिग्राम सहित १ जनालाई आईतबार बिहाम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली दुधौली नगरपालिका-११ टाँडी बस्ने अम्बर बहादुर कटुवालको छोरा अन्दाजि वर्ष २९ को ओमराज कटुवाल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-०१

१.      बारा, कलैया उप-महानगरपालिका-०६ पुरानो बसपार्क स्थितबाट फरार प्रतिवादी कलैया उप-महानगरपालिका-१४ बस्ने विदयानगर बस्ने अन्दाजि बर्ष ३८ को शनि कुमार जैसवाललाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा चेक अनादर मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      रौतहट जिल्लाका बिभिन्न स्थानबाट जागूऔषध मुद्बाको फरार प्रतिवादी रौतहट चन्द्रपुर नगरपालिका-०६ बजारटोल स्थित बस्ने राम बजन साहको छोरा अन्दाजि बर्ष ३३ को सुरेन्द्र साहतेली भन्ने सुरेन्द्र साह र बिद्युतिय अपराध (साईवर क्राईम) कसुर मुद्दाको फरार रौतहट चन्द्रपुर नगरपालिका ६ थोकर टोल बस्ने सुकदेव दासको छोरा अन्दाजि बर्ष ४६ को जदुवा भन्ने जादोलाल दास समेतलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      धनुषा, मिथिला नगरपालिका-०६ ढल्केवरबाट फरार प्रतिवादी मिथिला नगरपालिका-०५ बस्ने हरि नारायण सिंहको छोरा अन्दाजि बर्ष ४६ को सत्यनारायण सिंह महत्तोलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागूऔषध मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-३१

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखीने पदार्थ  ५४० मिलिग्राम, BR 05 BS 7216 नम्बरको मोटरसाइकल सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-२३ भलुही टोल बस्ने सुभाष मिया मन्सुरीको छोरा अन्दाजि बर्ष १९ को तुसार मिया मन्सुरी र बारा करैया गाउँपालिका-०७ ईटहर बस्ने राजदेव साह सोनारको छोरा अन्दाजि बर्ष २२ को पप्पु  साह सोनार रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखीने पदार्थ  ४६० मिलिग्राम, बि.म.न.पा. १ ह १०८७९ नम्बरको अटो सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-१४ बस्ने बिन्देश्वरी राउत कुर्मीको छोरा अन्दाजि बर्ष २० को सुमित पटेल, ताराचन्द्र पटेलको छोरा अन्दाजि बर्ष १९ को मंदिप पटेल, सिकिन्द्र प्रसाद कुर्मीको छोरा अन्दाजि बर्ष १९ को भन्टु पटेल, बिरगंज महानगरपालिका-१५ बस्ने जोगिन्द्र प्रसाद यादवको छोरा अन्दाजि बर्ष १९ को धिरेन्द्र प्रसाद पटेल र लडु रामको छोरा अन्दाजि बर्ष २१ को प्रदिप राम रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, बसवरिया गाउँपालिका-०१ मानपुर स्थितबाट लागूऔषध गाँजा ७३९ ग्राम सहित १ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष ७५ को राम प्यारे राय रहेका छन् । इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय मानपुर सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी, सप्तकोशी नगरपालिका-०२ त्रियोगा खोला स्थितबाट लागूऔषध गाँजा १५.२२५ किलोग्राम सहित ना २९ प ५५७२ नम्बरको मोटरसाईकल शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी फतेपुर र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प फतेपुर सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित मोटरसाईकल फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-३१

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट ज्यान मार्ने उद्योग मुद्बाको फरार प्रतिवादी बारा सुवर्ण गाउँपालिका-०६ मझरीया बस्ने अन्दाजि वर्ष ६० को शेष अब्दुल खैर र कुटपिट अङभङ्ग सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादी बारा परवानिपुर गाउँपालिका-०५ बहुअरी टोल बस्ने जयलाल प्रसाद पटेलको छोरा अन्दाजि बर्ष ३० को मुन्ना पटेल समेतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      रौतहट जिल्लाका बिभिन्न स्थानबाट बैकिङ्ग कसुर मुद्बाको फरार प्रतिवादी रौतहट चन्द्रपुर नगरपालिका-१० चेतनगर बस्ने अनुप साहको छोरा अन्दाजि बर्ष ५३ को देव नारायण साह, लेनदेन मुद्दाको फरार प्रतिवादी रौतहट देवाही गोनाही नगरपालिका-०६ घर भई हाल ससुराली गाउँ मौलापुर नगरपालिका-०७ पिपरिया टोल बस्ने रामस्वरुप साहको छोरा अन्दाजि बर्ष ५५ को सुरज साह कानु र चोरी मुद्दाको फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-०२ हजमिनिया बस्ने  गणेश महत्तोको छोरा अन्दाजि बर्ष २२ को कुईसा भन्ने भोला महत्तो समेतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      धनुषा, जनकपुर उप-महानगरपालिका-०१ भानुचोकबाट फरार प्रतिवादी जनकपुर उप-महानगरपालिका-१७ बस्ने विन्देश्वर यादवको छोरा अन्दाजि वर्ष ४० को शतिस कुमार यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रेल्वे धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा वैदेशिक रोजगार मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।