प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकम सहित मानिस प्रकाउ

२०८२-०२-०४

  • A
  • A-
  • A+
Share


१.      महोत्तरी, औरही नगरपालिका-४ कठुधार स्थितबाट बिशेष सूचनाको आधारमा प्रहरी टोलीले चेक जाँच गर्दा मोटरसाइकल चालक सम्सी गाउँपालिका-७ बस्ने बर्ष-२५ को रवि साह र पछाडी सवार देश भारत जिल्ला सितामढी कनवा-३ बस्ने बर्ष-२० को रितेश साहको साथबाट स्रोत नखुलेको नगद ने.रु. ८,००,०००/-  (आठ लाख) रुपैयाँ फेला पारी निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सम्सीबाट गौशाला तर्फ आउँदै गरको मधेश प्रदेश ०२-००७ प ९६८१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रकम सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.      सिरहा, सिरहा नगरपलिका-२ स्थित भारत जयनगरबाट बसबिट्टा तर्फ BR 06 4629 नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेको देश भारत राज्य बिहार जिल्ला मधुबनी जयनगर बस्ने राम दियाल कारकको छोरा अन्दाजी बर्ष-४५ को सन्जय कारकलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा निजको दुबै तिघ्रा र घुँडा भन्दा मुनि लगाईएको KNEE BANDAGE हरूबाट स्रोत नखुलेको ने.रू. १६,३८,०००।- (सोह्र लाख अढत्तिस हजार) र भा.रू.२३० गरी जम्मा ने.रू.१६,३८,३७०।- (सोह्र लाख अढत्तिस हजार तिन सय सत्तरि) सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-३०

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २.६२०ग्राम, ग.८ प ७०४४ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राजु पटेलको छोरा बर्ष अन्दाजि १८ को आदित्य कुमार पटेल र बिरगंज महानगरपालिका-२० हरपतगंज बस्ने सम्सोदिन अन्सारीको छोरा बर्ष अन्दाजि २० को आजात अन्सारी रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-२४ रानीघाट स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९३ मिलिग्राम सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला  सुनसरी इटहरी नगरपालिका वडा नम्बर थाहा नएको तेस्रो लिंङ्गी अन्दाजि बर्ष २५ को एन्जल तामाङ रहेका छन् । अस्थाई प्रहरी पोष्ट रानिघाट पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२९

१.      सिरहा, गोलबजार नगरपालिका-१२ बेतौना टोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९७.५३० ग्राम सहित ४ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बस्ने मुनेश्वर मण्डल, हलुवाई साहको छोरा अन्दाजि बर्ष २६ को बिरेन्द्र कुमार सिंह र सुनर देव सिंहको छोरा अन्दाजि बर्ष अन्दाजि २० को अरबिन्द कुमार सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-२९

१.      पर्सा, पर्सागढी नगरपालिका-०४ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने उपेन्द्र सिंहको छोरा बर्ष ३७ को आलोक कुमार सिंहलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौक बड्निहार पर्साबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चेक अनादर मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा जिल्लाका बिभिन्न स्थानबाट लेनदेन बिगो मुद्बाको फरार प्रतिवादी बारा कलैया उप-महानगरपालिका-०३ भवानीपुर टोल बस्ने बागड मियाको छोरा अन्दाजि वर्ष ५३ को महमद मुस्तफा मंसुर, अपराधिक बिश्वासघात तथा अनुचित लेनदेन मुद्बाको फरार प्रतिवादी बारा परवानीपुर गाउँपालिका-०५ बहुअरी बस्ने बासी साहको छोरा अन्दाजि बर्ष ४३ को रामबाबु साह कानु र करणी सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादी बारा बिश्रामपुर गाउँपालिका-०३ बस्ने राम पुकार महतोको छोरा अन्दाजि बर्ष २७ को सुनिल मण्डल समेतलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      महोत्तरी, सोनमा गाउँपालिका-०४ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने कैचलाल यादबको छोरा बर्ष अन्दाजि ५३ को सिताशरण यादबलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरबनी सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा अभद्र ब्यवहार मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      धनुषा, क्षिलेश्वरनाथ नगरपालिका-०२ रम्दैया स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३३ को प्रमोद कुमार मण्डललाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा कर्तब्य ज्यान सम्बन्धि कसुर मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२८

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४८० मिलिग्राम सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बीरगंज महानगरपालिका-११ बस्ने शेख मनोहरको छोरा अन्दाजि बर्ष १८ को शेख समिर रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, हरिवन नगरपालिका-०२ खोर गाँउ गुहे खोला स्थितबाट बेवारिसे लागूऔषध गाँजा ६२.००४ किलोग्राम, RJT-SCEN -२४ पिस र ONEREX-३२ पिस शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सप्तरी, राजगढ गाउँपालिका-०३ मझौरा चौक स्थितबाट लागूऔषध गाँजा ९ किलोग्राम सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बर्ष अन्दाजि २७ को संजिव कुमार शर्मालाई रहेका छन् । प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी, छिन्नमस्ता गाउँपालिका-०२ मोहनपुर स्थितबाट बेवारिसे लागूऔषध गाँजा ३१.६३० किलोग्राम शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सखडा  र सशस्त्र प्रहरी बल BPO गोबिन्दपुर सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-२८

१.      बारा, कलैया उप-महानगरपालिका-०३ गंगापुर स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने भदई साह कानुको छोरा  अन्दाजि वर्ष ५० को ओम प्रकाश साह कानुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट गंगापुर बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बैकिङ् कसुर मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, कबिलासी नगरपालिका-१० सलेमपुर स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने मनोज यादवको छोरा अन्दाजि बर्ष १७ को बिरु यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सवारी ज्यान मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, गोडैता नगरपालिका-११ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने रामधारी राउत भन्ने रामधारी राउत कुर्मीको छोरा अन्दाजि बर्ष ६१ रामएकवाल राउतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दोडैता सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा लागूऔषध मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।