प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

औषधि तथा खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा

२०८२-०२-२७

  • A
  • A-
  • A+
Share

 

पर्सा, वीरगञ्ज महानगरपालिका १४ गण्डक चोक स्थितबाट विल विजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरु अन्दाजी मुल्य रु. २,७१,७२,९३१।– (ट्रक सहित दुई करोड एकहत्तर लाख बहत्तर हजार नौ सय एकतीस रुपैयाँ) सहित ना.३ ख. ५५७६ र म. प्र.०३-००२ ख ३४३२ नम्बरको मालवाहक ट्रकहरुलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले वीरगञ्जबाट मोरङ र कास्की तर्फ जाँदै गरेको उक्त ट्रकहरुलाई चेक जाँच गर्दा बिल बिजक भन्दा बढी सामान देखिएकोले सामान सहित दुवै ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०७

धनुषा, जनकपुर उपमहानगरपालिका ९ मुख्यमन्त्री कार्यालय स्थितबाट लागु औषध NATRAMP- ३ पतामा (३० पिस र २ पिस गरी जम्मा ३२ पिस), SPASMO- ३ पतामा (३० पिस), PRENURA- ३ वटा ट्याब्लेट र गाँजा जस्तो देखिने बस्तु अन्दाजी २/३ ग्राम सहित जिल्ला महोत्तरी बर्दिबास नगरपालिका २ गौरीडाँडा घर भई हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १ श्यामचोकमा डेरा गरी बस्दै आएको श्याम भुजेलको छोरा वर्ष २८ को संजय कुमार भुजेललाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिंङ टोलीले मधेश प्र.०२-००७ प ३७९८ नम्बरको स्कुटरमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८२-०३-०६

१.      सिरहा, कल्याणपुर नगरपालिका-४ स्थितबाट लेनदेन बिगो मुद्दामा १ वर्ष कैद तोकिएको फरार प्रतिबादी सोही स्थान बस्ने महाबिर यादवको छोरा अन्दाजी बर्ष ४० को धनबिर यादवलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, मिर्चैया नगरपालिका-६ स्थितबाट लेनदेन बिगो मुद्दामा १ बर्ष कैद भएको फरार प्रतिबादी सोही स्थान बस्ने जुगेश्वर यादवको छोरा अंदाजी बर्ष ५५ को बिजिन्द्र यादवलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा निजकै घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अफिम सहित मानिस नियन्त्रणमा
२०८२-०३-०३

पर्सा, बिरगंज महानगरपालिका वडा नं. १० रजतजयन्ति चोक स्थितबाट लागु औषध अफिम जस्तो देखिने बस्तु सहित १ किलो २० ग्राम सहित मोटरसाईकल चालक जिल्ला पर्सा पटेर्वा सुगौलि गाउँपालिका वडा नं. ६ बस्ने सत्य नारायाण राउतको छोरा अन्दाजी वर्ष ३५ को रामेश्वर राउत र सोहि मोटरसाईकलमा पछाडि सवार ऐ.ऐ बस्ने सीताराम गिरीको छोरा वर्ष अन्दाजी ४० को विनोद गिरीलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध ब्युरो बिरगंजबाट र वडा प्रहरी कार्यालय बिर्ताबाट संयुक्त चेकिङ टोलिले बसपार्क बाट रक्सौल तर्फ जादै गरेको ना. ४० प ६४६९ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलको बिच भागमा समाती राखेको प्लाष्ट्रिकको झोला भित्र खरानी रंगको टेपले बेरी लुकाई छिपाई ल्याउदै गरेको लागु औषध अफिम जस्तो देखिने बस्तु  फेला पारी निजहरुलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।