प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउन सुगर सहित मानिस नियन्त्रणमा

२०८२-०३-०३

  • A
  • A-
  • A+
Share


सिरहा, मिर्चैया नगरपालिका-५ white house स्कुल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० ग्राम सहित सोही स्थान बस्ने जिवछ साहको छोरा अन्दाजी बर्ष २० को राहुल कुमार साह, सुनिल साहको छोरा अन्दाजी बर्ष २१ को दिलिप कुमार साह र मिर्चैया नगरपालिका-६ बस्ने मिस्टर राकेश कुमार गिरीको छोरा अन्दाजी बर्ष २३ को बिशाल गिरीलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाँदा उक्त स्थानमा रहेको खाली घरमा निजहरुलाई लागु औषध सेवन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर गस्तो देखिने पदार्थ फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अवैध सामान सहित गाडी नियन्त्रणमा
२०८३-०३-०१

१.      पर्सा, बकिरगंज महानगरपालिका-१४ गण्डक चोक स्थित चेकपोष्टबाट अन्दाजी रु.९०,००,०००/- (नब्बे लाख) मुल्य बराबरको बिल बिजक भन्दा बढी खुद्रा सामानहरु र ना ३ ख ४५३० नम्बरको डिब्बा गाडी बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डक पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले  प्रहरीको टोलिले  उक्त डिब्बा गाडी रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित डब्बा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।२.      पर्सा, बिरगंज महानगरपालिका-१६ मितेरी पुल स्थितबाट अबैध ६७ कार्टुन अन्दाजि मुल्य रु.७,७५,२००।- (सात लाख पचहत्तर हजार दुई सय) बराबरको स्याउ, बि.म.ना.पा.१ ह १-०७९२ नम्बरको अटो सहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-२१ बस्ने अन्दाजि बर्ष १९ को अमन कुमार पासवान र बिरगंज महानगरपालिका-१४ बस्ने अं. बर्ष २ ९को धनजय प्रसाद कालवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले गोप्य सुचनाको आधारमा नेपा भारत मितेरीपुल नजिकबाट ८ कार्टुन र अटो तथा बिरगंज महानगरपालिका-८ रेल्वे रोड स्थित गोदामबाट ५९ कार्टुन बरामत गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी भन्सार कार्यालय बिरगंज पर्सामा बुझाईएको छ । ३.      सर्लाही, बागमति नगरपालिका १२ कर्मैया चेकपोष्टबाट अन्दाजी रु.७,०७,२२७ (सात लाख सात हजार दुई सय सताईस) मुल्य बराबरको बिल बिजक भन्दा फरक भएको फलायट केबल र मोटरपार्टस लगायतको सामानहरु सहित ना ४ ख ३१४० नं. को पिकअप शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको प्रहरीको टोलिले सर्लाहीबाट नारायणघाट तर्फ जाँदै गरेको उक्त पिकअप रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित पिकअप नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०१

  १.      सिरहा, सुखिपुर गाउँपालिका-२ छजना स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८० मिलिग्राम सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-२ लालपुर बस्ने श्रीदेव साहको छोरा अन्दाजि बर्ष २१ को श्याम सुन्दर साह रहेका छन् । इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   २.      सिरहा,गोलबजार नगरपालिका-२ टोडकिया स्थितबाट अवैध लागूऔषध गाँजा ५ किलो ५०० ग्राम सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-२ बस्ने जगदिश साहको श्रीमती अन्दाजि बर्ष ६० की दुख्नी देवी साह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ३.      सप्तरी,राजगढ गाउँपालिका-१ थलही स्थितबाट वेवारिसे अवैध लागूऔषध गाँजा १७९ किलो ५५० ग्राम बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी झुट्कीबाट खटिएको प्रहरी चेकिङ् टोलिले थलही स्थितमा रहेको सार्वजनिक पोखरीको डिलमा कालो प्लाष्टिकले लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागूऔषध गाँजा फेलापारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   ४.      रौतहट,गौर नगरपालिका-२ कबरगाह स्थितबाट अवैध लागूऔषध गाँजा ५ किलो ५५ ग्राम, BR 05S 6609 नम्बरको मोटरसाइकल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-०४ गढवा टोल बस्ने जुगल किशोर महतोको छोरा अन्दाजि बर्ष ३१ को राकेश कुश्वाहा र सोही स्थानमा बस्ने नवल किशोर बैठाको छोरा अन्दाजि बर्ष २६ को सुनिल कुमार बैठा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ५.      पर्सा,बिरगंज महानगरपालिका-१६ ईनर्वा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम २८० मिलिग्राम, BR 05AM 0792 नम्बरको मोटरसाईकल सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार जिल्ला मोतिहारी ग्राम पोस्ट शंकर सरैया कलवारी टोल घर भई हाल जिल्ला पर्सा बीरगंज महानगरपालिका-७ रामटोल डेरा गरी बस्ने दिनेश प्रसाद गुप्ताको छोरा अन्दाजि बर्ष २१ को सन्नी राज रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ६.      पर्सा,बिरगंज महानगरपालिका-१६ ईनर्वा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५३० मिलिग्राम, साइकल सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा कलैया उपमहानगरपालिका-६ बस्ने ज्योती प्रसाद साहको छोरा अन्दाजि बर्ष २३ को अमन कुमार साह रहेका छन् । प्रहरी चौकी ईनर्वा र लागूऔषध ब्यूरो बीरगंज पर्साबाट खटिएको संयूक्त प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध र साइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ७.      बारा, पचरौता नगरपालिका-४ वडा कार्यालय स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६३० मिलिग्राम, ना ३८ प १३३० नम्बरको मोटरसाइकल सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका-६ बस्ने जोगिन्द्र महराको छोरा अन्दाजि वर्ष २१ को राहुल राम, सोहि स्थानमा बस्ने मो.साहेव मिया अंसारीको छोरा अन्दाजि वर्ष २१ को आशिक अंसारी र सोहि स्थानमा बस्ने पुनदेव रामको छोरा अन्दाजि वर्ष २३ को राज विहारी राम रहेका छन् । प्रहरी चौकी बेलदारीबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ८.      धनुषा, जनकनन्दिनि गाउँपालिका-६ कठाल स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६९ ग्राम ७७० मिलिग्राम सहित १ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कैलाली गौदावरी नगरपालिका- ५ बस्ने अन्दाजि  बर्ष २५ को सागर जैरु रहेका छन् । प्रहरी चौकी ईनर्वा धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ९.      सिरहा,सुखिपुर नगरपालिका-३ सुखिपुर बजार स्थितबाट अवैध लागूऔषध गाँजा २० किलो ८९० ग्राम, स ७ प ६६२७ नम्बरको मोटरसाइकल सहित १ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाइ नगरपालिका-१४ बस्ने दौलतराज आले मगरको छोरा अन्दाजि वर्ष ४९ को उमेश कुमार आले मगर रहेका छन् । इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध र मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   १०. सिरहा,सिरहा नगरपालिका-७ हेम नारायण चोक स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २० ग्राम २२० मिलिग्राम, स ५ प ३९९४  नम्बरको मोटरसाइकल सहित ३४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ सिरहा नगरपालिका-२ वस्ने विजय यादवको छोरा अन्दाजि वर्ष २२ को राजा यादव, सिरहा नगरपालिका-१२ वस्ने फुलगेन यादवको छोरा अन्दाजि वर्ष २० को पहलाद कुमार यादव र सोही स्थानमा बस्ने शत्रुधन मुखियाको छोरा अन्दाजि वर्ष २० को सनि मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकलल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   ११. पर्सा, जगरनाथपुर गाँउपालिका-३ मिरैया चोक स्थितबाट वेवारिसे अवैध लागूऔषध गाँजा १०० किलोग्राम आईतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल गण चिनिमिल, सशस्त्र प्रहरी बल भिखमपुर र इलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले  उक्त वेवारिसे लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   १२. सर्लाही, बागमती नगरपालिका-२ धरहरा स्थितबाट अवैध लागूऔषध SPASMO ट्याब्लेट-९० पिस, ANTIKOF ट्याब्लेट-८० पिस, TAPKEP-100 ट्याब्लेट-९२ पिस , SPASREST ट्याब्लेट-६ पिस र MOzil Fort ट्याब्लेट-७ पिस गरी जम्मा २७५ पिस सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्मती नगरपालिका-२ डुम्री टोल बस्ने मगर सिंहको छोरा अन्दाजि बर्ष ३१ को अर्जुन सिङ्तान र जिल्ला मकवानपुर मनहरी गाँउपालिका-६ पर्ता टोल बस्ने मोहन सिंह मोक्तानको छोरी अन्दाजि बर्ष २० की एलिना तामाङ् रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८३-०३-०१

१.      सप्तरी,सुरुङ्गा नगरपालिका-०३ लक्ष्मीपुरबाट स्रोत नखुलेको नेपाली रु. ५,४०,०००/-(पाँच लाख चालिस हजार ), प्र.१-०५-००१ प ४२७९ नंम्बरको मोटरसाईकल सहित २ जनालाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१२ बस्ने नरायण साहको छोरा अन्दाजि बर्ष ४२ को किरण कुमार साह र सोही स्थानमा बस्ने मो.इस्लामको छोरा अन्दाजि बर्ष ३८ को अनवर अलि रहेको छ । प्रहरी चौकी लक्ष्मीपुर सप्तरीबाट खटिएको प्रहरीले कदमाहाबाट उदयपुर तर्फ जाँदै गरेको उक्त मोटरसाईकल माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-२८

१.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वाबाट वेवारिसे अवैध लागूऔषध गाँजा ७६ किलोग्राम बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवरी सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वा बस्ने जिवछ गोप यादवको छोरा अन्दाजि बर्ष ४४ को आनन्द कुमार यादवको गोठ घरमा उक्त लागूऔषध गाँजा लुकाई छिपाई राखेको अवस्थाबाट फेलापारी नियन्त्रणमा लिएको हो । फरार रहेको निज आनन्द कुमार यादवको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   सिरहा, लहान नगरपालिका-३ लहान बजार स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम १४० मिलिग्राम सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाउँपालिका-४ बेलही टोल घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-०३ बस्ने रजनीकान्त मण्डलको छोरा अन्दाजि बर्ष २३ को अजित कुमार मण्डल र सिराहा धनगढीमाई नगरपालिका-४ धनगढी बस्ने रामु चौधरी थारुको छोरी अन्दाजि बर्ष २४ की लक्ष्मी कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।