स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८३-०३-०१
- A
- A-
- A+
१.
सप्तरी,सुरुङ्गा नगरपालिका-०३ लक्ष्मीपुरबाट स्रोत
नखुलेको नेपाली रु. ५,४०,०००/-(पाँच लाख चालिस हजार ), प्र.१-०५-००१ प ४२७९ नंम्बरको मोटरसाईकल सहित २ जनालाई
बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१२ बस्ने नरायण साहको छोरा अन्दाजि
बर्ष ४२ को किरण कुमार साह र सोही स्थानमा बस्ने मो.इस्लामको छोरा अन्दाजि बर्ष ३८
को अनवर अलि
रहेको छ । प्रहरी चौकी लक्ष्मीपुर सप्तरीबाट खटिएको प्रहरीले कदमाहाबाट उदयपुर
तर्फ जाँदै गरेको उक्त मोटरसाईकल माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।