फरार कैदी/बन्दी नियन्त्रणमा
२०८३-०३-०१
- A
- A-
- A+
१.
धनुषा, जनकपुर उप-महानगरपालिका-१४ पिडारी चौक
स्थितबाट GEN-Z
को आन्दोलनको क्रममा जलेश्वर महोत्तरी कारागार कार्यालयबाट फरार
रहेका कैदी जिल्ला धनुषा गनेशमान चारनाथ नगरपालिका-०१ बस्ने जगदिस यादवको छोरा अन्दाजि
बर्ष २४ को राजेश यादव भन्ने राजु यादवलाई शुक्रबार राती प्रहरीले नियन्त्रणमा
लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा
लागूऔषध मुद्धाका फरार कैदीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।