लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०१
- A
- A-
- A+
१.
सिरहा, सुखिपुर गाउँपालिका-२ छजना स्थितबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ ८ ग्राम ८० मिलिग्राम सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-२
लालपुर बस्ने श्रीदेव साहको छोरा अन्दाजि बर्ष २१ को श्याम सुन्दर साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई
उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान
गरिरहेको छ ।
२.
सिरहा,गोलबजार नगरपालिका-२ टोडकिया स्थितबाट
अवैध लागूऔषध गाँजा ५ किलो ५०० ग्राम सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-२ बस्ने जगदिश साहको श्रीमती अन्दाजि बर्ष ६० की दुख्नी देवी साह रहेका छन् । इलाका
प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त
लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ
।
३.
सप्तरी,राजगढ गाउँपालिका-१ थलही स्थितबाट
वेवारिसे अवैध लागूऔषध गाँजा १७९ किलो ५५० ग्राम बिहिबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी झुट्कीबाट खटिएको प्रहरी चेकिङ् टोलिले थलही स्थितमा रहेको सार्वजनिक पोखरीको डिलमा कालो प्लाष्टिकले लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागूऔषध गाँजा फेलापारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
४.
रौतहट,गौर नगरपालिका-२ कबरगाह स्थितबाट अवैध
लागूऔषध गाँजा ५ किलो ५५ ग्राम, BR 05S 6609 नम्बरको मोटरसाइकल सहित २
जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-०४
गढवा टोल बस्ने जुगल किशोर महतोको छोरा अन्दाजि बर्ष ३१ को राकेश कुश्वाहा र सोही स्थानमा बस्ने नवल किशोर बैठाको छोरा अन्दाजि बर्ष २६ को सुनिल
कुमार बैठा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती
टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
५.
पर्सा,बिरगंज महानगरपालिका-१६ ईनर्वा स्थितबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम २८० मिलिग्राम, BR 05AM
0792 नम्बरको मोटरसाईकल सहित १
जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार जिल्ला मोतिहारी ग्राम पोस्ट शंकर सरैया कलवारी टोल घर भई हाल
जिल्ला पर्सा बीरगंज महानगरपालिका-७ रामटोल डेरा गरी बस्ने दिनेश प्रसाद गुप्ताको
छोरा अन्दाजि बर्ष २१ को सन्नी राज रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट
खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
६.
पर्सा,बिरगंज महानगरपालिका-१६ ईनर्वा स्थितबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५३० मिलिग्राम, साइकल सहित १ जनालाई
शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा कलैया उपमहानगरपालिका-६ बस्ने ज्योती प्रसाद साहको छोरा अन्दाजि बर्ष
२३ को अमन कुमार साह रहेका छन् । प्रहरी चौकी ईनर्वा र लागूऔषध ब्यूरो बीरगंज पर्साबाट खटिएको संयूक्त प्रहरी चेकिङ् टोलिले
निजलाई उक्त लागूऔषध र साइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
अनुसन्धान गरिरहेको छ ।
७.
बारा, पचरौता नगरपालिका-४ वडा कार्यालय
स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६३० मिलिग्राम, ना ३८ प
१३३० नम्बरको मोटरसाइकल सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका-६ बस्ने जोगिन्द्र महराको छोरा
अन्दाजि वर्ष २१ को राहुल राम, सोहि स्थानमा बस्ने मो.साहेव मिया अंसारीको छोरा
अन्दाजि वर्ष २१ को आशिक अंसारी र सोहि स्थानमा बस्ने पुनदेव रामको छोरा अन्दाजि
वर्ष २३ को राज विहारी राम रहेका छन् । प्रहरी चौकी बेलदारीबाट खटिएको
प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
८.
धनुषा, जनकनन्दिनि गाउँपालिका-६ कठाल स्थितबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६९ ग्राम ७७० मिलिग्राम
सहित १ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कैलाली गौदावरी नगरपालिका- ५ बस्ने अन्दाजि बर्ष २५ को सागर जैरु रहेका छन् । प्रहरी
चौकी ईनर्वा धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
९.
सिरहा,सुखिपुर नगरपालिका-३ सुखिपुर बजार
स्थितबाट अवैध लागूऔषध गाँजा २० किलो ८९० ग्राम, स ७ प ६६२७ नम्बरको मोटरसाइकल सहित १ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा धनगढीमाइ नगरपालिका-१४
बस्ने दौलतराज आले मगरको छोरा अन्दाजि वर्ष ४९ को उमेश कुमार आले मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय
गोलबजारबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध र मोटरसाईकल
सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
१०.
सिरहा,सिरहा नगरपालिका-७ हेम नारायण चोक
स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २० ग्राम २२० मिलिग्राम, स ५ प ३९९४ नम्बरको मोटरसाइकल सहित ३४
जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ सिरहा नगरपालिका-२ वस्ने विजय यादवको छोरा अन्दाजि वर्ष २२ को राजा यादव, सिरहा
नगरपालिका-१२ वस्ने फुलगेन यादवको छोरा अन्दाजि वर्ष २० को पहलाद कुमार यादव र सोही स्थानमा बस्ने शत्रुधन मुखियाको छोरा अन्दाजि वर्ष २० को सनि मुखिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय
गोलबजारबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र
मोटरसाइकलल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको
छ ।
११.
पर्सा, जगरनाथपुर गाँउपालिका-३ मिरैया चोक
स्थितबाट वेवारिसे अवैध लागूऔषध गाँजा १०० किलोग्राम आईतबार बिहान प्रहरीले
नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल गण चिनिमिल, सशस्त्र प्रहरी बल भिखमपुर र
इलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले उक्त वेवारिसे लागूऔषध फेला पारी नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
१२. सर्लाही,
बागमती नगरपालिका-२ धरहरा स्थितबाट अवैध लागूऔषध SPASMO ट्याब्लेट-९० पिस, ANTIKOF ट्याब्लेट-८० पिस, TAPKEP-100 ट्याब्लेट-९२ पिस , SPASREST ट्याब्लेट-६ पिस र MOzil Fort ट्याब्लेट-७ पिस गरी
जम्मा २७५ पिस सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्मती नगरपालिका-२ डुम्री टोल बस्ने मगर
सिंहको छोरा अन्दाजि बर्ष ३१ को अर्जुन सिङ्तान र जिल्ला मकवानपुर मनहरी गाँउपालिका-६
पर्ता टोल बस्ने मोहन सिंह मोक्तानको छोरी अन्दाजि बर्ष २० की एलिना तामाङ् रहेका छन् ।
इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजहरुलाई
उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान
गरिरहेको छ ।