अवैध सामान सहित गाडी नियन्त्रणमा
२०८३-०३-०१
- A
- A-
- A+
१. पर्सा, बकिरगंज महानगरपालिका-१४ गण्डक चोक स्थित चेकपोष्टबाट अन्दाजी रु.९०,००,०००/- (नब्बे लाख) मुल्य बराबरको बिल बिजक भन्दा बढी खुद्रा सामानहरु र ना ३ ख ४५३० नम्बरको डिब्बा गाडी बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डक पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले प्रहरीको टोलिले उक्त डिब्बा गाडी रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित डब्बा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।
२.
पर्सा, बिरगंज महानगरपालिका-१६ मितेरी
पुल स्थितबाट अबैध ६७ कार्टुन अन्दाजि मुल्य रु.७,७५,२००।- (सात लाख पचहत्तर हजार
दुई सय) बराबरको स्याउ, बि.म.ना.पा.१ ह १-०७९२
नम्बरको अटो
सहित
२ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-२१ बस्ने अन्दाजि बर्ष १९ को अमन कुमार पासवान र बिरगंज
महानगरपालिका-१४ बस्ने अं. बर्ष २ ९को धनजय प्रसाद कालवार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले गोप्य सुचनाको
आधारमा नेपा भारत मितेरीपुल नजिकबाट ८ कार्टुन र अटो तथा बिरगंज महानगरपालिका-८
रेल्वे रोड स्थित गोदामबाट ५९ कार्टुन बरामत गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान
तथा कारवाहीको लागी भन्सार
कार्यालय बिरगंज पर्सामा बुझाईएको छ ।
३.
सर्लाही, बागमति नगरपालिका १२ कर्मैया
चेकपोष्टबाट अन्दाजी रु.७,०७,२२७ (सात लाख सात हजार दुई सय सताईस) मुल्य बराबरको बिल बिजक भन्दा फरक भएको फलायट केबल र
मोटरपार्टस लगायतको सामानहरु सहित ना ४ ख ३१४० नं. को पिकअप
शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको
प्रहरीको टोलिले सर्लाहीबाट नारायणघाट तर्फ जाँदै
गरेको उक्त पिकअप रोकी
चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला
पारी उक्त सामानहरु सहित पिकअप नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।