प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादि पक्राउ

२०८२-०३-२०

  • A
  • A-
  • A+
Share


१.      सिरहा, लहान नगरपालिका-३ बजार स्थित इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले लागु औषध मुद्दाका फरार प्रतिबादी लहान नगरपालिका-३ बस्ने भरत साहको छोरा अन्दाजी बर्ष ५० को रामाकान्त साहलाई आफ्नै घरमा लुकिछिपि बसिरहेको अबस्थामा निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.      सिरहा, लहान नगरपालिका-४ बजार स्थित प्रहरी चौकी लहानबाट खटिएको प्रहरी टोलिले अमानवीय व्यवहार मुद्दाका फरार प्रतिबादि सोही स्थान बस्ने मोहमद जाकिर हुसेन मियाको छोरा बर्ष २४ को जुबेर मियालाई आफ्नै घरमा लिकुछिपि बसिरहेको अबस्थामा निजलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गरिरहेको छ ।

 

३.      जिल्ला सिरहा कल्याणपुर नगरपालिका-४ स्थितमा इलाका प्रहरी  कार्यालय  कल्याणपुरबाट खटिएको टोलीले  कुटपिट मुद्दाको फरार प्रतिवादी सोही स्थान बस्ने बर्ष ५३ को रामशरण यादवलाई खोजतलास गर्दै जाने क्रममा निज आफ्नै खेत बारीमा घुमिरहेको अवस्थामा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

४.      सिराहा, संखुवान्नकारकट्टी गाँउपालिका-१ धुवनी स्थितमा प्रहरी चौकी सितापुर सिराहाबाट खटिएको प्रहरी टोलीले अमानब्य ब्यबहार मुद्धाको फरार प्रतिबादी सोही स्थान बस्ने रामकुमार दासको छोरा बर्ष ३० को जित नारायण दास आफ्नै घर नजीक लुकी छिपी बसिरहेको अवस्थामा निज जित नारायण दास लाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

५.      सप्तरी, राजगढ गाँउपालिका-१ स्थित ज्यान सम्बन्धि कसुर मुद्दामा जन्म कैद तोकिएको फरार प्रतिवादी सोहि स्थान बस्ने शिव नारायण यादवले आफै सम्मानित उच्च अदालत जनकपुर  राजबिराज इजलास सप्तरीमा हाजिर हुन आएको हुदा निजलाई कैद भुक्तानको लागी जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिलाई जिम्मा लगाई  जिल्ला कारागार सप्तरी पठाएको छ ।

 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०६

१.      पर्सा, छिपहरमाई गाउँपालिका-०५ भिस्वा स्थितबाट वेवारिसे लागूऔषध गाँजा ३.७९० किलोग्राम सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भिस्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, धनगढीमाई नगरपालिका-०९ स्थितबाट वेवारिसे लागूऔषध गाँजा ४.८७५ किलोग्राम सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०५

१.      पर्सा, सुगौली गाउँपालिका-०१ मलाही टोल स्थितबाट लागूऔषध गाँजा ३० किलोग्राम सहित ३ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुगौली गाउँपालिका-०१ मलाही टोल बस्ने भुटी सहनीको छोरा अन्दाजि बर्ष ३४ को नन्दलाल सहनी, बिहारी सहनीको छोरा अन्दाजि बर्ष ५० को महेश सहनी र सुदामा सहनिको छोरा वर्ष अ ७५ को भुटि भन्ने भुरी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, बिश्रामपुर गाउँपालिका-०४ बलिरामपुर रामजानकी मन्दिर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.३५० ग्राम सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी नकरदेही पंचायत नं.२ बिर्ता टोल वस्ने नन्द साहको छोरा अन्दाजि बर्ष ४० को दुखी साह रहेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, हरिवन नगरपालिका-०९ स्थितबाट लागूऔषध SPAS GLENPARA-२०१४ पिस, ANTIKOF-३५०६ पिस, MEFTAL SPAS-१५०० पिस र TAPENTADOL-३५१४ पिस सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही बागमती नगरपालिका-१० सोल्टी बजार बस्ने पुलकित महतोको छोरा अन्दाजि वर्ष ४४ को प्रदिप महतो र जिल्ला रौतहट चपुर नगरपालिका-०१ पौराही टोल बस्ने कुल थापाको छोरा अन्दाजि बर्ष २८को सुरज थापा रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सर्लाही, बागमती नगरपालिका-०४ स्थितबाट लागूऔषध onerex-३६ बोतल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-०४ डाबरी बस्ने सुकु बहादुर बर्माको छोरा अन्दाजि बर्ष २६ को कुल बहादुर बर्मा र बिष्णु भोलो रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०४

१.      पर्सा, कालिकामाई गाउँपालिका-०२ सानो गदियानी स्थितबाट वेवारिसे लागूऔषध गाँजा ५९.०८ किलोग्राम शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, मलंगवा नगरपालिका-०३ स्थितबाट लागूऔषध Diazepam-१ पिस, Buprenorphine-२ पिस र Promethazine-२ पिस सहित १ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा कोल्भि नगरपालिका-०२ बस्ने आनन्द प्रसाद चौधरीको छोरा अन्दाजि वर्ष २६ को आयुष चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ स्थितबाट लागूऔषध गाँजा १९६ किलोग्राम, बा ५ च ८००१ नम्बरको पिकअप गाडी र प्र.३-०३-००१ प ३५२८ नम्बरको मोटरसाईकल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धादिङ गल्छी गाउँपालिका-०२ खरी ढुङगा बस्ने भरत भुजेलको छोरा अन्दाजि वर्ष २६ को रोशन भुजेल र जिल्ला मकवानपुर  मनहरी गाउँपालिका-०७ बस्ने बाबुराम स्याङबोको छोरा अन्दाजि बर्ष ३६ को बिरेन्द्र स्याङबो रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र सवारीसाधन सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी, डाक्नेश्वरी नगरपालिका-०६ फतेपुर टोल स्थितबाट लागूऔषध गाँजा २१००.३७ किलोग्राम सहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने शुभलाल सदाको छोरा अन्दाजि वर्ष ७४ को भोला सदा र फुदिलाल मुखियाको छोरा अन्दाजि वर्ष ५६ को मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-०४

१.      बारा, जितपुर सिमरा उप-महानगरपालिक-०२ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बर्ष अन्दाजि ६३ को राजु भन्ने राजकुमार बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिरहा बाराबाट खटिएको प्रहरी टोलिले बालयौन दुरुपयोग मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, बरियारपट्टी गाउँपालिक-०१ कचनारी स्थितबाट फरार प्रतिवादी देश भारत बिहार राज्य जिल्ला मधुबनी थाना ललमनिया ग्राम पंचायत घोडमोहना घर भइ हाल जिल्ला सिरहा नवराजपुर गाउँपालिका-०५ बस्ने मो. मोकिम मँसुरीको छोरा अन्दाजि वर्ष ३७ को मो. कुरुवान मँसुरी भन्ने मो.कुरुवानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहाबाट खटिएको प्रहरी टोलिले सवारी ज्यान मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।