फरार प्रतिबादि पक्राउ
२०८२-०३-२०
- A
- A-
- A+
१.
सिरहा, लहान नगरपालिका-३ बजार स्थित इलाका
प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले लागु औषध मुद्दाका फरार प्रतिबादी लहान
नगरपालिका-३ बस्ने भरत साहको छोरा अन्दाजी बर्ष ५० को रामाकान्त साहलाई आफ्नै घरमा
लुकिछिपि बसिरहेको अबस्थामा निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, लहान नगरपालिका-४ बजार स्थित प्रहरी चौकी
लहानबाट खटिएको प्रहरी टोलिले अमानवीय व्यवहार मुद्दाका फरार प्रतिबादि सोही स्थान
बस्ने मोहमद जाकिर हुसेन मियाको छोरा बर्ष २४ को जुबेर मियालाई आफ्नै घरमा
लिकुछिपि बसिरहेको अबस्थामा निजलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गरिरहेको छ ।
३.
जिल्ला सिरहा कल्याणपुर नगरपालिका-४ स्थितमा
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले कुटपिट मुद्दाको फरार
प्रतिवादी सोही स्थान बस्ने बर्ष ५३
को रामशरण यादवलाई खोजतलास गर्दै जाने क्रममा निज आफ्नै खेत बारीमा घुमिरहेको
अवस्थामा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
सिराहा, संखुवान्नकारकट्टी गाँउपालिका-१ धुवनी
स्थितमा प्रहरी चौकी सितापुर सिराहाबाट खटिएको प्रहरी टोलीले अमानब्य ब्यबहार
मुद्धाको फरार प्रतिबादी सोही स्थान बस्ने रामकुमार दासको छोरा बर्ष ३० को जित
नारायण दास आफ्नै घर नजीक लुकी छिपी बसिरहेको अवस्थामा निज जित नारायण दास लाई
पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
५.
सप्तरी, राजगढ गाँउपालिका-१ स्थित ज्यान
सम्बन्धि कसुर मुद्दामा जन्म कैद तोकिएको फरार प्रतिवादी सोहि स्थान बस्ने शिव
नारायण यादवले आफै सम्मानित उच्च अदालत जनकपुर
राजबिराज इजलास सप्तरीमा हाजिर हुन आएको हुदा निजलाई कैद भुक्तानको लागी जिल्ला
प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिलाई जिम्मा लगाई जिल्ला कारागार सप्तरी पठाएको छ ।