प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध गाँजा सहित मानिस र मोटरसाईकल नियन्त्रणमा

२०८२-०६-०५

  • A
  • A-
  • A+
Share

पर्सा, बीरगंज महानगरपालिका २७ जसौली गाँउ स्थितबाट लागु औषध गाँजा ६ किलोग्राम सहित पर्सागढी नगरपालिका-७ बस्ने दरोगा राउतको छोरा अन्दाजी बर्ष ५० को देवेन्द्र राउत र बहुदरमाई नगरपालिका-२ सिरसियारी बैरिया टोल बस्ने मोती राउत अहिरको छोरा अन्दाजी बर्ष ४० को अशोक यादवलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध गाँजा ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट उदयपुरघुर्मी पर्सा र प्रहरी चौकी डकैलाबहुअरीबाट खटिएको संयुक्त टोलीले बडनिहारबाट भारत तर्फ जाँदै गरेको BR 05 N 0493 नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागुऔषध गाँजा फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२४

१.       पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं.३२ चोर्नी स्थितबाट लागु औषध गाँजा (८ किलोग्राम) सहित वीरगंज महानगरपालिका वडा नं. ३२ बस्ने अन्दाजी बर्ष ६८ को खेदु महतोलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । महतोले सञ्चालन गरेको किराना पसलमा लागु औषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी परवानिपुरबाट खटिएको संयुक्त प्रहरी गस्ति टोलीले खेदु महतोलाई नियन्त्रणमा लिई कानुन बमोजिम निजको पसल र पसलसँगै जोडिएको कोठा खानतलासी गर्दा उक्त लागु औषध गाँजा बरामद गरी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. ४ पूर्व-पश्चिम लोकमार्ग स्थितबाट लागु औषध ट्रामाडोल १३ पत्ता (१३० पिस) र मधेश प्रदेश-०३-०२५ प ९७२१ नम्बरको स्कुटर सहित लालबन्दी नगरपालिका वडा नं. १६ तामाङ् टोल बस्ने हेम बहादुर वाईवाको छोरा अन्दाजी बर्ष २७ को बुद्द सिंह वाईवा र हरिवन नगरपालिका वडा नं. ३ श्रीपुर बस्ने भिम बहादुर योञ्जनको छोरा अन्दाजी बर्ष २४ को शरिन योञ्जनलाई आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको ट्राफिक चेकिङ्ग टोलीले पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको उक्त स्कुटरलाई शंका लागि चेक जाँच गर्दा स्कुटरको ह्याण्डलमा रेनकोटको झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागु औषध फेला पारी लागु औषध र  स्कुटर सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ३.      धनुषा, विदेह नगरपालिका वडा नं. १ रेल्वे पट्रि स्थितबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ४२.४६० मिलिग्राम र प्लाष्टिक बाहेक ४१.१९० मिलिग्राम) लागु औषध सहित जिल्ला महोत्तरी बर्दिवास नगरपालिका वडा नं. ९  बस्ने श्याम किशोर यादवको छोरा अन्दाजी बर्ष ३० को मुकेश कुमार यादवलाई आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको निजलाई शंका लागि चेक जाँच गर्दा निजको पाईन्टको बायाँ गोजी भित्र सेतो प्लाष्टिकमा लुकाई छिपाई राखिएको खैरो हेरोईन सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०७-२३

    १.   धनुषा, विदेह नगरपालिका वडा नं. १ मैनाथपुर बजार स्थितबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ३५ मिलिग्राम) सहित विदेह नगरपालिका वडा नं. ६ छोटकिटोल गिदा बस्ने अन्दाजी बर्ष २२ को जनक किशोर मण्डललाई  शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी गस्ति टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको निजलाई शंका लागि चेकजाँच गर्दा निजको हातमा कालो प्लाष्टिकमा लुकाई छिपाई  राखेको लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२१

      १.     सर्लाही, धनकौल गाउँपालिका वडा नं. ०४ हरकठवा नाँयाटोल स्थितबाट लागु औषध गाँजा (प्लाष्टिक सहित ११ किलो ४२० ग्राम), BR 30 R 2997 नं.को मोटरसाइकल सहित धनकौल गाउपालिका वडा नं. ०४ बस्ने अन्दाजी बर्ष ३७ को सुरेन्द्र राय र जिल्ला मकवानपुर राक्सिराङ्ग गाउपालिका वडा नं. ०६ बस्ने अन्दाजी बर्ष ३१ को आकास प्रजालाई विहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरकठवा बाट खटिएको प्रहरी गस्ती टोलिले हरकठवा नयाँटोलबाट मैनाथपुर जादै गरेको उक्त सवारी साधनलाई शंका लागि चेकजाँच गर्दा निजहरुले बोकेको ग्यास सिलिन्डर भित्र लुकाई प्लाष्टिकमा बेरेर राखेको लागु औषध गाँजा फेला परेकोले निजहरुलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, लालबन्दी नगरपालिका वडा नं. १३ वैरी गाउँ स्थितबाट लागु औषध गाँजा (प्लाष्टिक सहित ३२ किलोग्राम), बागमती प्रदेश-०२-०४३ प ४३२७ नं. रातोकालो रंगको २२० cc पल्सर, बागमती प्रदेश-०२-०३४ प ९८४३ नं.को निलो रंगको २२० cc पल्सर र प्रदेश २-०२-००३ प ८२९० नं.को पहेलो-कालो रंगको २०० cc NS मोटरसाइकलहरु शुक्रवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पत्थरकोट सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलिले माईस्थान बाट लालबन्दी जाँदै गरेको उक्त मोटरसाइकलहरुलाई रोक्न खोज्दा मोटरसइकल सोही स्थानमा छाडी मोटरसाइकलमा सवार मानिसहरु फरार भएकोमा उक्त मोटरसाइकलहरु चेकजाँच गर्दा तिनवटै मोटरसाइकलमा रहेको १ वटा कालो झोला र २ वटा प्लास्टिकको बोरा भित्र प्लास्टिकले बेरिएर लुकाई छिपाई राखेको ६ पोका लागु औषध गाँजा र तिनवटै मोटरसाइकल नियन्त्रणमा लिई, फरार व्यक्तिहरुको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०७-२१

१.   बारा, जितपुर सिमरा उप-महानगरपालिका वडा नं. ०१ पथलैया चोक स्थित चेक प्वाइन्टबाट बिल बिजक भन्दा बढी सामानहरु अन्दाजी मुल्य रु. ४७,०७,४४५।– (सर्चालिस लाख सात हजार चार सय पैतालिस रुपैयाँ) बराबरको समान सहित प्रदेश-०३-००१ ख ४१८४ नम्बरको मालवाहक ट्रक बिहिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको उक्त मालबाहक ट्रकलाई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ । 

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२०

          १.        सिरहा, मिर्चैया नगरपालिका वडा नं. ०७ जिवा टोलबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित तौल २ ग्राम ६४० मिलिग्राम) सहित मिर्चैया नगरपालिका वडा नं. ०७ जिवा टोल बस्ने भरत साहको छोरा अन्दाजी बर्ष २६ को सन्तोष साह र सोही स्थानमा बस्ने कारी मण्डलको छोरा अन्दाजी बर्ष २५ को दिपेन्द्र कुमार मण्डललाई बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिवा टोलमा लागु औषध ब्राउन सुगर बिक्रि बितरण भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरी कानुन बमोजिम निज दिपेन्द्र मण्डलको घर खानतलासी गर्दा निजको घरको पहिलो तल्लामा रहेको भान्सा घरको फ्रिजमा लुकाई छिपाई राखिएको लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।