लागु औषध खैरो हिरोईन जस्तो देखिने अर्धठोस पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-०६-०५
- A
- A-
- A+
महोत्तरी, बर्दिवास नगरपालिका-३ गौरीडाँडा स्थितबाट लागु
औषध खैरो हिरोईन जस्तो देखिने अर्धठोस पदार्थ ९७ ग्राम १६० मिलिग्राम सहित जिल्ला
सिराहा मिर्चैया नगरपालिका-६ बस्ने बृजमोहन महतोको छोरा अन्दाजी बर्ष २४ को रोहित
महतोलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । वि.पि. राजमार्गमा बिशेष
सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट
काठमाण्डौ तर्फ जाँदै गरेको बा.५ ख १८९८ नम्बरको हायस गाडीमा सवार यात्रुलाई चेक
जाँच गर्ने क्रममा निजको साथबाट उक्त परिमाण बराबरको लागु औषध खैरो हिरोईन जस्तो देखिने
अर्धठोस पदार्थ फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।