लागु औषध मुद्दाको फरार प्रतिवादी पक्राउ
२०८२-०६-२१
- A
- A-
- A+
सर्लाही, हरिवन नगरपालिका-३ डाबरी टोल स्थितबाट लागु औषध मुद्दाको फरार प्रतिवादी सोही स्थान बस्ने कैलाश रामको छोरा अन्दाजी बर्ष २२ को अनिल रामलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।