प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध मुद्दाको फरार प्रतिवादी पक्राउ

२०८२-०६-२१

  • A
  • A-
  • A+
Share

सर्लाही, हरिवन नगरपालिका-३ डाबरी टोल स्थितबाट लागु औषध मुद्दाको फरार प्रतिवादी सोही स्थान बस्ने कैलाश रामको छोरा अन्दाजी बर्ष २२ को अनिल रामलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०८

१.      महोत्तरी, गौशाला नगरपालिका-१२  पर्ती टोल स्थितमा रहेको बाँके खोलाको किनारबाट लागूऔषध गाँजा १० किलो ६०० ग्राम सहित BR 06 X 6444 नं.को मोटरसाईकल बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कान्तिबजार महोत्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा उक्त मोटरसाईकललाई रोक्न खोज्दा मोटरसाईकल चालक मोटरसाईकल छोडी फरार भएकोले चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो । फरार भएको मोटरसाईकल चालकको खोजतलास तथा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सिरहा, लहान नगरपालिका-०३ हस्पिटल चोक स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २४० ग्राम , स १ प ८०५ नं. को निलो Apache र स ३ प ८१८५ नम्बरको Unicorn मोटरसाईकल, मोबाईल थान -७  सहित ६ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला मधुबनी थाना लदनिया योगिया बस्ने अन्दाजि बर्ष २४ को विद्यानन्द यादव, जिल्ला सप्तरी रुपनी गाउँपालिका-०१ रुपनी बजार बस्ने अन्दाजि बर्ष ४२ को मो. नसिर, जिल्ला सप्तरी बोदेबरसाईन नगरपालिका-०२ नेगडा टोल बस्ने बर्ष २८ को शम्भु प्रसाद यादव, सोही स्थानमा बस्ने बस्ने बर्ष २५ बैधनाथ यादव, जिल्ला सप्तरी डाक्नेश्वरी नगरपालिका-०२ हरिराहा टोल बस्ने बर्ष २८ को मो.जमाहिर आलम र सोही स्थानमा बस्ने बर्ष ३२ को मो. ईमामुदिन रहेका छन् । लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय कोटेश्वर, काठमाण्डौंबाट खटिएको संयूक्त प्रहरी चेकिङ् टोलिले २ वटा मोटरसाईकलमा शंकास्पद अवस्थामा आएका उक्त ६ जना व्यक्तिहरुलाई रोकी चेकजाँच गर्ने क्रममा निज मानिसहरू भागी प्रतिकार गर्न खोज्दा प्रहरी टोली तर्फबाट ७ (सात) राउण्ड गोली फायर हुँदा ६ जना मध्ये मो. नसिरको बाँया खुट्टा र विद्यानन्द यादवको दाहिने खुट्टाको घुडा मुनि गोली लागि घाइते हुँदा प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध, मोटरसाईकल र मोबाईलहरु सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   सप्तरी, डाक्नेश्वरी नगरपालिका-०९ भैरही स्थित दशगजा क्षेत्रबाट लागूऔषध गाँजा ७ किलोग्राम सहित को ३ प ६६८६ नम्बरको सुपर स्पेलण्डर मोटरसाईकल बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल सुरक्षा गुल्म मातहत FOB कटैयाबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलिले नेपालबाट भारत तर्फ जाँदै गरेको उक्त मोटरसाईकललाई रोक्न खोज्दा मोटरसाईकल चालक मोटरसाईकल छाडी फरार भएकोले चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पातो सप्तरीमा ल्याई बुझाएको हो । फरार भएको मोटरसाईकल चालकको खोजतलास तथा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०८

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट बाहु विवाह सम्बन्धी मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-१६ बस्ने अन्दाजि बर्ष ३० को अकलेश कुमार यादव, अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी पचरौता नगरपालिका-०३ भट्टिबैरीया वस्ने सुरुज दास तत्माको छोरा अन्दाजि वर्ष ६० को रामआधार दास तत्मा र निजको छोरा अन्दाजि वर्ष २६ को रामदरेश दास तत्मा र ठगी कसुर मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-१५ बस्ने अन्दाजि वर्ष ३० को कादीर हुसेन मंसुर समेतलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका-०७ चोहर्वा चौकबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने शुबलाल मोचिको छोरा अं. बर्ष ४८ को बेचन मोचि रामलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन बिगो मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित ३ वटा गाडी नियन्त्रणमा ।
२०८३-०४-०७

सप्तारी, तिलाठी कोईलाडी गाउँपालिका-०५ स्थितबाट अवैध लागूऔषध गाँजा ३३३२ किलो ४६० ग्राम सहित बा.प्र.०१-०२५ च ०४३६ नम्बरको सेतो स्कारपियो, प्र १-०४-००१ च १५०७ नम्बर र बा.प्र.०१-०२९ च ९५८६ नम्बरको सेतो पिकअप आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध ओसार पसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले हनुमाननगरबाट रामपुरमल्हनिया तर्फ जादैँ गरेको उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिने क्रममा तिन वटै सवारी साधनको चालक फरार भएको तथा सवारी साधनहरुलाई चेकजाँच गर्दा बा.प्र.०१-०२५ च ०४३६ नम्बरको सेतो स्कारपियोबाट १९ बोरा, प्र १-०४-००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरा र बा.प्र.०१-०२९ च ९५८६ नम्बरको सेतो पिकअपबाट ३३ बोरा गरी जम्मा १०० बोरामा प्लाष्टिक सहित ३३६३ किलो ४६० ग्राम र प्लाष्टिक बाहेक ३३३२ किलो ४६० ग्राम लागऔषध गाँजा बरामद गरी उक्त सवारी साधन सहित लागूऔषध गाँजा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखेको तथा फरार रहेको ३ वटै सवारी साधनको चालकहरुको खोजतलास कार्य साथै आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०७

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट जवरजस्ती करणी उद्योग सम्बन्धी मुद्दाको फरार प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-०९ स्थित त्रीवेणी स्पिनिङ मिल्समा लेखापालको काम गर्ने भारतीय नागरिक अन्दाजि वर्ष ५५ को प्रताप सिंह र चेक अनादर मुद्दाको फरार प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-०१ बस्ने अन्दाजि वर्ष ५३ को नारायण लामा समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, सुखिपुर नगरपालिका-१० कल्याणमा टोलबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने ओपेन्द्र महतोको छोरा अं.बर्ष २० को राजेश कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट शिवचोक सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जवरजस्ती करणी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०७

१.      बारा, जितपुर सिमरा उप-महानगरपालिका-०७ बकुलिया चौर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १०० मिलिग्राम सहित १ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिमरा उप-महानगरपालिका-०८ महम्मदपुर बस्ने ईस्तिकार हुसैनको छोरा अन्दाजि बर्ष २८ को सादिर हुसैन अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजमाथी शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, हरिवन नगरपालिका-०९ नयाँ रोड स्थितबाट लागू औषध Antikof tablets-१११ पिस, Dicyclomine hydrochloride tablets-१०१ पिस, tepentadol-१११ पिस र नम्बर नखुलेको स्कुटी सहित १ जनालाई बुधबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका-०९ बस्ने कृष्ण प्रसाद उप्रेतीको छोरा बर्ष २४ को रुपेश कुमार उप्रेती रहेक छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा उक्त स्कुटिलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध र स्कुटी सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, लहान नगरपालिका-०३ नयाँ बस्ती टोलबाट अवैध लागूऔषध गाँजा ६५२ किलोग्राम, नास्पाती ९२० किलोग्राम र बा २१ च ५८६६ नं. को योद्धा पिकअप गाडी सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३८ कि श्याम कुमारी साह, देश भारत विहार राज्य मधुवनी जिल्ला घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-०३ बस्ने अन्दाजि बर्ष ४० को गौरव महतो र निजको छोरा अन्दाजि बर्ष १९ को शिवम साह रहेका छन् । लागूऔषध गाँजा बोकेको गाडी निज श्याम कुमारी साहको घर अगाडी कम्पाउण्डमा पार्किङ गरी राखेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिरहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाडीको रीतपुर्वक खानतलासी गर्दा गाडीको पछाडीको भागमा रहेको ४६ वटा नास्पातीको क्रेटहरू हटाई हेर्दा भित्री भागमा प्लाष्टिकको सेतो बोराहरुमा लुकाई छिपाई राखेको लागूऔषध गाँजा ३१ बोरा र २ वटा सेतो प्लाष्टिक गरी जम्मा उक्त लागूऔषध फेला पारी लागूऔषध गाँजा, नास्पाती र पिकअप सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तारी, तिलाठी कोईलाडी गाउँपालिका-०५ स्थितबाट अवैध लागूऔषध गाँजा ३३३२ किलो ४६० ग्राम सहित बा.प्र.०१-०२५ च ०४३६ नम्बरको सेतो स्कारपियो, प्र १-०४-००१ च १५०७ नम्बर र बा.प्र.०१-०२९ च ९५८६ नम्बरको सेतो पिकअप आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध ओसार पसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले हनुमाननगरबाट रामपुरमल्हनिया तर्फ जादैँ गरेको उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिने क्रममा तिन वटै सवारी साधनको चालक फरार भएको तथा सवारी साधनहरुलाई चेकजाँच गर्दा बा.प्र.०१-०२५ च ०४३६ नम्बरको सेतो स्कारपियोबाट १९ बोरा, प्र १-०४-००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरा र बा.प्र.०१-०२९ च ९५८६ नम्बरको सेतो पिकअपबाट ३३ बोरा गरी जम्मा १०० बोरामा प्लाष्टिक सहित ३३६३ किलो ४६० ग्राम र प्लाष्टिक बाहेक ३३३२ किलो ४६० ग्राम लागऔषध गाँजा बरामद गरी उक्त सवारी साधन सहित लागूऔषध गाँजा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखेको तथा फरार रहेको ३ वटै सवारी साधनको चालकहरुको खोजतलास कार्य साथै आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०६

१.      पर्सा, जगरनाथपुर गाउँपालिका-०४ सुहपुर स्थितबाट लागू औषध गाँजा २० किलो ६८७ ग्राम, BR06BH5496 नम्बरको कार सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार सितागढी जिल्ला ग्राम पंचायत तालका डुम्रा वडा नं.३३ बस्ने अन्दाजि बर्ष ३४ को रहमद अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा चितवनबाट भारतको सुगौली तर्फ जादै गरेको उक्त कारलाई रोकी चेकजाँच गर्दा पछाडी सिट मुनि सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध र कार सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा, जितपुर सिमरा उप-महानगरपालिका-०७ सिधरी टोल स्थितबाट लागू औषध गाँजा २ किलो ७५४ ग्राम सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने मुकतार बैठाको छोरा अन्दाजि वर्ष ३७ को दिवेन्द्र बैठा रहेका छन् । इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा निजमाथी शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध गाँजा फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      बारा, जितपुर सिमरा उप-महानगरपालिका-०७ पहाडी टोल स्थितबाट लागू औषध खैरो हिरोईन जस्तो देखीने पदार्थ ७० मिलिग्राम सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने हिरालाल ठाकुरको छोरा अन्दाजि बर्ष २५ को बिदेशी ठाकुर रहेका छन् । इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा निजमाथी शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      महोत्तरी, बर्दिबास नगरपालिका-०३ गौरीडाँडा अस्थाई ट्राफिक प्रहरी पोष्ट अगाडी बि.पि. राजमार्ग स्थितबाट लागू औषध खैरो हिरोईन जस्तो देखीने पदार्थ २६ ग्राम ९९० मिलिग्राम सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला मधुबनी ग्राम पंचायत मधवापुर-५ बस्ने स्व.श्याम सुन्दर मण्डलको छोरा बर्ष २४ को राजा कुमार मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००७ ख ८२१ नम्बरको हायस गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा निजलाई चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।५.      धनुषा, जनकपुर उप-महानगरपालिका-०४ भैरव चौक स्थितबाट लागू औषध Nitrazepam-५ पिस, Spasmo-७ पिस र म.प्र.०३-००२ स ७५३८ नम्बरको अटो सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगराईन नगरपालिका-०६ बस्ने विनोद झाको छोरा अन्दाजि बर्ष २८ को सुरज कुमार झा रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा उक्त अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध र अटो सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ६.      सप्तरी, सुरुङ्गा नगरपालिका-०२ भेडिया स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखीने पदार्थ ५ ग्राम ७७० मिलिग्राम सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सुनसरी रामधुनि नगरपालिका-०५ घर भई हाल जिल्ला सप्तरी सुरुङगा नगरपालिका-०२ रक्सा बस्ने बिर बहादुर कार्कीको छोरा बर्ष अन्दाजि ३७ को अस्मिन कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा निज पैदलयात्री माथी शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।